दाङ्गमा बँदेलको आक्रमणबाट एक जना गम्भिर घाइते

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ्ग, १९ भदौ । दाङमा बँदेलको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् । बबई गाउँपालिका वडा नं. ७ मलईका ३५ बर्षिय रेशम बाँठा मगरलाई बँदेलले आक्रमण गरेर घाइते बनाएको हो ।

बुधबार विहान ३ बजे बारीमा मकै खान आएका बँदेल धपाउने क्रममा आक्रमण गरेको हो । बँदेलको आक्रमणबाट खुट्टा, हात, मुखमा चोट लागेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घाइते मगरलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ । मलईमा बाँके राष्ट्रिय निकुञ्जका बँदेल बारीमा आएर मकै खाने गर्दछन् । बँदेलको आतङकबाट मलईबासीले सास्ती बेहार्नु परेको छ ।

बँदेलले बारीमा उत्पादन गरेका मकै नष्ट गर्ने गरेको बँदेल धपाउन खोज्दा हरेक बर्ष मानिसलाई आक्रमण गरेर घाइते पार्ने गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad