नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको ६२ औं स्थापना दिवस

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १९ भदौ । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले आफ्नो ६२ औं स्थापना दिवस मनाएको छ । जिल्ला सभापति मदन गौतमको अध्यक्षता र लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसर मुख्यमन्त्री चौधरीले रेडक्रसलाई हरेक विपद्को समयमा सम्झिने गरिएको बताउँदै प्रदेश सरकारले रेडक्रसलाई आवश्यक सहयोग गर्दै आएको जानकारी दिनुभयो । उहाँले विकासका लागि सहकार्यको अभाव देखा पर्न थालेको उल्लेख गर्दै प्रदेश सरकारको सहयोगमा कुनै कमी नआउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङमा रेडक्रसका १०० वटा उपशाखा रहेका छन् । कार्यक्रममा संविधानसभा सदस्य बुद्धिराम भण्डारी, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले रेडक्रसले देखाएको मार्गमा सबैले हिँड्नुपर्नेमा जोड दिनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले रेडक्रसले विपद्को समयमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

स्वास्थ्यकर्मी वसन्त आचार्यले रेडक्रसको विपद् व्यवस्थापनमा गरेको योगदानको सराहना गर्नुभयो । तुलसीपुर जेसिजका अध्यक्ष पूणर्बिक्रम डाँगीले रक्तसञ्चार सेवामा रेडक्रसले महत्वपूणर् भूमिका निभाइरहेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मानव अधिकार तथा शान्ति समाज दाङका सभापति कोमल डाँगीले हरेक आपतकालीन परिस्थितिमा रेडक्रसको सक्रियता अपरिहार्य भएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका उपकोषाध्यक्ष ज्ञानेन्द्र रिजालले तीनै तहका सरकारसँग समन्वय गरी मानवताको हितका लागि काम गरिरहेको जानकारी दिनुभयो । उपसभापति हरिहर पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी दाङ शाखा मन्त्री प्रकाश श्रीवन्दले गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री चौधरी, संविधानसभा सदस्य बुद्धिराम भण्डारी र तत्कालिन जिल्ला विकास समिति दाङका सभापति भरत केसीलाई सम्मानित गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad