लुम्बिनी प्रदेशका आरोपित मन्त्रीलाई कारवाहीको माग गर्दै संघर्षका कार्यक्रम घोषणा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङले विभिन्न आरोप खेपेका लुम्बिनी प्रदेशका दुई सांसदलाई कानुनी कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी र रुकुम पूर्वका डिबी भनिने धनबहादुर केसीलाई कानुनी कारबाही गर्न मागसहित चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का प्रदेश ईन्चार्ज तिलक पुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मंगलबार लुम्बिनीका सबै प्रमुख जिल्ला अधिकारीहरूलाई सोही ब्यहोराको ज्ञापन पत्र बुझाउने जानकारी गराईएको छ । आरोपित व्यक्तिहरूमाथि कारबाही नभए भदौ २० गते प्रदेशका सबै जिल्लामा मशाल जुलुस गर्ने र भदौ २१ गते सरकारी गाडी चल्न नदिने लगायत थप आन्दोलनका कार्यक्रमहरू गर्ने भएको छ ।

पत्रकार सम्मेलनको सहजीकरण राप्ती इन्चार्ज नरेन्द्र बिकले गरेका थिए । यसअघि हिजो मात्रै नेकपा (बहुमत)का नेताहरूले लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउँदै बहुमतले कुर्मी र केसीलाई उनीहरूको कसुर अनुरुप सांसद पदमा रहिरहन कानुन बिपरित रहेको हुँदा तत्काल सांसद पदबाट हटाउन माग गरेको थियो । मन्त्री कुर्मीमाथि बाँकेकी निर्मला कुर्मीलाई अपहरण तथा बन्धक बनाइ बेपत्ता पारेको गम्भीर आरोप छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जसको विरोधमा बाँकेदेखि काठमाडौंसम्म पुगेर महिला अधिकारकर्मीहरू चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् । त्यस्तै सांसद केसीमाथि किर्ते गरेको अभियोग छ । २०४८ साल असार ६ गते तत्कालीन जिल्ला न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा ३२ वर्ष पहिले अदालतले उनलाई त्यस्तो फैसला सुनाएपछि उनी फरारको सूचिमा रहँदै आएका छन् । तर, फैसला कार्यान्वयन हुन सकेको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad