सार्वजनिक यातायात प्रालिद्धारा खेलाडीलाई जर्सी वितरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ भदौ । दाङको तुलसीपुरमा रहेको सार्वजनिक मालिका कालिका यातायात प्रालिले खेलाडीहरुलाई जर्सी वितरण गरेको छ । तुलसीपुर–१२ मा रहेको कपडादेबी स्पोर्टस क्लबद्धारा हरितालिका तिजको अवसरमा आयोजित खुल्ला फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा एक कार्यक्रमका बिच खेलाडीहरुलाई जर्सी वितरण गरिएको प्रालिका अध्यक्ष दिलिप बिकले जानकारी दिनुभयो ।

उहाँका अनुसार खेलखुद क्षेत्रमा खेलाडीहरुलाई थप हौसला प्रदान गर्ने उदेश्यले जर्सी (खेलखुद ड्रेस) वितरण गरिएको हो । यसबाट थोरै भएपनि खेलाडीहरुको मनोबल बृद्धी हुने अपेक्षा गरिएको प्रालिका कार्यालय प्रमुख हुम बहादुर परियारले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जर्सी प्राप्त गरेपछी आयोजक टिमले सार्वजनिक मालिका कालिका यातायात प्रालिप्रति धन्यबाद ज्ञापन गरेको थियो । खेलाडीहरुलाई खेलप्रति हौसला बढाएर दाङ जिल्लालाई खेल क्षेत्रको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन प्रालिले थोरै भएपनि विभिन्न क्षेत्रका खेलाडीको मनोबन बढाउने काम गर्दै आएको प्रालिका महासचिव राम बहादुर केसीले बताउनुभयो ।

सार्वजनिक मालिका कालिका यातायात प्रालिले विगत लामो समयदेखी अटो व्यवसायीहरुको हकहित संरक्षण सँगसँगै विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको छ । विशेषगरी खेल क्षेत्र र अन्य सामाजिक कार्यमा पनि प्राली अग्रसर हुदै आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad