लुम्बिनी प्रदेशमा गरिबीको दर १८ प्रतिशत

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ भदौ । लुम्बिनी प्रदेशमा गरिबीको दर १८ प्रतिशतमा झरेको छ । आर्थिक वर्ष २०७५ । ०७६ मा बहुआयामिक गरिबीको दर ३० प्रतिशत रहेकोमा हाल १८ मा झरेको मुख्यमन्त्री चेत नारायण आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेरोजगारीको दर ११ प्रतिशतबाट घटेर ८ प्रतिशत पुगेको, ५ वर्ष मुनिको बाल मृत्युदर प्रति हजार ४५ रहेकोमा हाल ३३ र नवजात शिशु मृत्युदर प्रति हजार ३० रहेकोमा हाल २१ मा सीमित भएको छ । माध्यमिक तह ९कक्षा ९–१२० को कुल भर्नादर ७५ प्रतिशतबाट बढेर ८४ प्रतिशत र खुद भर्नादर ४० प्रतिशतबाट ५७ प्रतिशतमा वृद्धि भएको, प्रदेश ऐन बमोजिम लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भई सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बाह्रै महिना सिंचित हुने भूमि २४ प्रतिशतबाट ३५ प्रतिशत पुगेको, लुम्बिनी प्रदेश माछामासु र दुध उत्पादनमा आत्मनिर्भर भई अन्य प्रदेशमा समेत आपूर्ति भइरहेको, कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १४ प्रतिशत पुगेको समेत जानकारी दिनुभयो । २०७५ सालमा सडकको लम्बाई ११ हजार २३३ किलोमिटर रहेकोमा हाल १५ हजार ७६ पुगेको, ३० मिनेटको दुरीमा पक्की सडकमा पहुँच भएको जनसंख्या ५० प्रतिशतबाट ६५ प्रतिशत पुगेको, १०९ मध्ये १०८ पालिकामा बाह्रै महिना पहुँचयोग्य सडक निर्माण भएको जानकारी दिनुभयो ।

विद्युतमा पहुँच पुगेको जनसंख्या ८१ प्रतिशतबाट ९८ प्रतिशत पुगेको, इन्टरनेटमा पहुँच भएको घरपरिवार ४९ प्रतिशतबाट ७६ प्रतिशत पुगे समेत बताउनुभयो । योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार हुँदै बताउदै उहाँले महिला सहभागिता र सशक्तीकरण, सामाजिक समावेशीकरण, मानव संसाधन विकास लगायतका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको उल्लेख गर्नु भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad