चलचित्र ‘घरज्वाइँ’ प्रदर्शनको ५१ औं दिनमा प्रवेश

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १६ भदौ । चलचित्र ‘घरज्वाइँ’ले प्रदर्शनको ५१ औँ दिनमा प्रवेश गरेको छ । अनिल बुढा मगरको लेखन तथा निर्देशन रहेको चलचित्रले आज प्रदर्शनको ५१ औँ दिनमा प्रवेश गरेको हो ।

असार २८ गते रिलिज भएको ‘घरज्वाइँ’ काठमाडौंका आधा दर्जन हलमा अहिले पनि चलिरहेको छ । काठमाडौं उपत्यका बाहिरका पनि केही हलमा यो चलचित्र प्रदर्शनमा छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘घरज्वाइँ’ मगर समुदायको कथामा आधारित चलचित्र हो । चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् ।

अनु थापा, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन, राज थापा मगर, कविता आले मगरलगायत कलाकारको पनि यो चलचित्रमा अभिनय रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad