अपांग मानव अधिकार एवं सरोकार मञ्चको तिज मिलन कार्यक्रम

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १५ भदौ । अपांग मानव अधिकार एवं सरोकार मञ्च नेपाल दाङको आयोजनामा आज घोराहीमा हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।

मञ्चका जिल्ला सचिव तथा कार्यक्रम संयोजक देवका खनालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रमुख अतिथी डिसीले अबका महिला घर भित्रको काममा मात्रै सिमित नभएर समाजका हरेक विकास निमार्णका काममा सहभागि हुनुपर्ने बताउनुभएको थियो । उहाँले आफुले म अपांग छु भनेर संकोच मानेर नखुम्चीन समेत आग्रह गर्नुभएको थियो ।

यातायात शिक्षालय, संघ संस्था हरेक टाउँमा आफनो हक अधिकारका लागि शसक्त भएर लाग्नु पर्ने विषयमा जोड दिनुभएको थियो । बक्ताहरुले चाडपर्वलाई धेरै भढ्किलो नबनाई कम खर्चमा रमाउनु पर्नेमा जोड दिएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मञ्चका अध्यक्ष जिवि चिन्तनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा घोराही १४ का वडा सदस्य रचना कुमाल, समाज कल्याण केन्द्र नेपाल दाङका अध्यक्ष निर्मला गौतम, सिसा नेपालका अध्यक्ष साजिदा सिद्धिकीलगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमलाई सफल बनाउनका लागि संस्थाका संस्थापक सदस्य वामदेव भट्राईले आर्थिक सहयोग गर्नुभएको थियो । उक्त तिज तिज मिलन कार्यक्रमको सहजिकरण मञ्चका कोषाध्यक्ष मधुसुदन रावतले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad