नारायणपुरमा स्वागतद्वार र प्रतीक्षालय निर्माण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १३ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा अतिक्रमण गरेर निर्माण गरिएका संरचनाहरू हटाएपछि त्यस स्थानमा सार्वजनिक संरचनाहरू निर्माण गरिएको छ ।

नारायणपुर क्याम्पस जाने सडकमा भएको अतिक्रमण उपमहानगरपालिकाले हटाएपछि त्यहाँ स्वागतद्वार र प्रतीक्षालय निर्माण गरिएको हो । गेटको केही महिना पहिले उद्घाटन गरिएको थियो भने प्रतीक्षालयको बुधबार नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नारायणपुर निवासी समाजसेवी थमनबहादुर महरा र उहाँकी धर्मपत्नी पवित्रा महराको परिवारले ३ लाख ४६ हजार १ सय ७५ रुपैयाँको लागतमा उक्त प्रतीक्षालय निर्माण गरेर संयुक्त टोल विकास संस्थालाई हस्तान्तरण गर्नुभयो । संस्थाका अध्यक्ष खुसलराम डाँगीको अध्यक्षता, नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य र वडा नम्बर १० का अध्यक्ष दीपक पाण्डेको विशिष्ट आतिथ्यमा कार्यक्रम गरी प्रतीक्षालय सञ्चालनमा ल्याइएको हो

। कार्यक्रममा नगर प्रमुख चौधरीले सार्वजनिक सम्पत्तिको संरक्षण नागरिकहरूबाटै हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रतीक्षालय निर्माण गर्ने महरा परिवारलाई संस्थाले सम्मानपत्र प्रदान गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad