अवैध रूपमा अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १२ भदौ । ब्राजिलको साउ पावलो विमानस्थलको ट्रान्जिट क्षेत्रमा एक सय ७६ जना नेपाली अलपत्र परेका छन् । मानव तस्करहरूले उनीहरूलाई विभिन्न प्रलोभन देखाएर अवैध तरिकाले अमेरिका छिराइदिने भन्दै साउपाउलोस्थित विमानस्थल पुर्‍याएर अलपत्र पारेका हुन् ।

उनीहरूलाई आवश्यकताअनुसार सहायताका लागि आफूहरू तयारी अवस्थामा रहेको नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दक्षिण अमेरिकाका ब्राजिल लगायतका देश हुँदै अवैध रूपमा अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न ठाउँबाट दक्षिण अमेरिकी देशमा आउने प्रवृत्ति बढिरहेको भन्दै दूतावासले प्रवेशआज्ञा लिएर मात्र भ्रमणमा निस्कन आग्रह गरेको छ ।

दूतावासले मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भन्दै जायज कारण भएमा पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिएर मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य देशको भ्रमणमा निस्कन अनुरोध गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad