बलात्कार पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

दाङ, १२ भदौ । बलात्कार पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले न्यायिक प्रक्रियामा सहजीकरण गर्न आर्थिक सहयोग उपलव्ध गराएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीअन्तर्गत लैंगिक हिंसासम्वन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) की फोकल पर्सन सुस्मिता पोख्रेलले संयुक्तरुपमा पीडित महिलालाई १० हजार रुपैयाँ उपलव्ध गराउनुभएको हो । न्यायमा पहुँच विस्तारका लागि सहयोग उपलब्ध गराइएको हो । ६६ वर्षीया महिलालाई जेठ ९ गते महाराजगञ्ज नपा–२ कपिलवस्तुका ३४ वर्षीय शिवकुमार कुर्मीले बलात्कार गरेका थिए । आरोपितलाई प्रहरीले जेठ १० गते भालुबाङबाट पक्राउ गरी मुद्दा चलाएकोमा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad