अमेरिकाको टेक्ससमा नेपाली विद्यार्थीको गोली हानी हत्या

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १२ भदौ । अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टन सहरको एक कम्युनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या गरिएको छ । हत्याबारे पूर्ण विवरण आउन भने बाँकी छ । प्रहरीले अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

मृतक नेपाली छात्रा मुना पाण्डे अध्ययनका लागि सन्, २०२१ मा अमेरिका आएको बताइएको छ । स्रोतका अनुसार मृतक विद्यार्थी मुना ह्युस्टन सहर नजिकैको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानपश्चात् शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सोमबार अपराह्न अपार्टमेन्टको कोठाभित्र शव भएको जानकारी प्रहरीलाई दिइएको थियो । एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमका अनुसार मृतकका परिवारलाई घटनाबारे जानकारी दिइसकिएको छ । मृतककी आमा अनिता पाण्डे अधिकारीका अनुसार मुनाले चार दिनअघि फोनमा कुराकानी गरेकी थिइन् । मुना परिवारकी एक मात्र सन्तान थिइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad