तुलसीपुर मेट्रो कलेजले अन्तर्राष्ट्रिय साझेदारीमा हस्पिट्यालिटी पढाउने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १२ भदौ । तुलसीपुर उपमहानगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालयको साझेदारीमा सञ्चालित तुलसीपुर मेट्रो कलेजले अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको साझेदारीमा हस्पिट्यालिटी कार्यक्रम चलाउने भएको छ । यसै शैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी कलेजले बिएचटिएम कार्यक्रम सञ्चालन गर्ने भएको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।

चार वर्षको स्नातक कार्यक्रमका लागि २ वर्ष नेपाल र २ वर्ष देश बाहिर अध्ययन गराउने गरी कलेजले तयारी गरेको पनि आचार्यले बताए । “हामीले हाललाई चिन र कोरीयासँग सम्झौता गरेका छौ अन्य देशसँग पनि सहकार्यका लागि तयारीमा छौ” कलेज प्रमुख आचार्यले भने । विद्यार्थीको रुचि अनुसार कलेजले अन्तर्राष्ट्रिय भाषा पनि अध्यापन गराउने छ । भाषा अध्यापन गराउनका लागि कलेजलाई विश्वविद्यालयले सहयोग गर्ने पनि आचार्यले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बाहिर देशमा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई कामको समेत अवसर हुने हुँदा अध्ययन खर्च नलाग्ने पनि कलेज प्रमुख आचार्यको भनाई छ । कलेजले यसै शैक्षिक सत्रबाट बिबिए कार्यक्रम पनि सञ्चालन गर्दैछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad