रोल्पामा राहदानी लिने महिलाको संख्या बढ्दै

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १२ भदौ । रोल्पामा राहदानी लिने महिलाको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाबाट बितेको चार वर्षमा महिलाले लिएको राहदानीको तथ्यांकले पछिल्लो अवस्थामा राहदानी लिने महिलाको संख्या बढेको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालय रोल्पाबाट आर्थिक वर्ष २०७७/०७८ मा एक हजार तीन सय ५७  जनाले राहदानी लिएका थिए । तीमध्ये दुई सय ५८ जना महिला थिए । आर्थिक वर्ष २०७८/०७९ मा तीन हजार चार सय ४१ जनाले राहदानी लिएकोमा छ सय ९१ जना महिला रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैगरी आर्थिक वर्ष २०७९/०८० मा सात हजार चार सय ७१ जनाले राहदानी लिएका थिए । जसमा पाँच हजार नौ सय ५९ पुरुष र एक हजार पाँच सय १२ महिलाले राहदानी लिएको पाइएको छ । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा पाँच हजार दुई सय २७ जनाले राहदानी लिएकामा एक हजार दुई सय २७ जना महिला रहेका छन् । राहदानी लिएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad