नेपालगञ्जबाट सुनचाँदीसहित चारजना नियन्त्रणमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ११ भदौ । नेपालगञ्जमा रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चारजनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चारजनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनका अनुसार सुनचाँदी पसलका सञ्चालक फरार छन् । बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बर्दियाका एकजना सुन पसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा सोधपुछ गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ । ती व्यापारीले नेपालगञ्जबाट सामान किनेको बताएको र  बिक्री गर्ने कालीगढकहाँ पुग्दा उनी भागेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad