घोराही–तुलसीपुर चारलेन सडक : ठेक्का अनिश्चित, जीर्ण बन्दै सडक

Blog Post Ad Blog Post Ad Blog Post Ad

लिलाधर वली

दाङ, १० भदौ । निर्माणाधिन घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएको एक वर्ष बढी भयो । सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम नगरेर सडक अलपत्र पारेपछि २०८० जेठमा तत्कालीन सरकारले भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टलसँग ठेक्का सम्झौता रद्द गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ठेक्का सम्झौता तोडेपछि नेपाल सरकारको लगानीमा मर्मत गरिएको सडक पुनः जीर्ण बन्न थालिसकेको छ तर लगानीको सुनिश्चित नहुँदा सडक विस्तारको ठेक्का भने अझै अनिश्चित छ । यसअघि भारतीय एक्जिम बैंकको करिब एक अर्ब २३ करोडको लागतमा सडक विस्तारको काम सुरु भएको थियो ।

निर्माण कम्पनीसँग ठेक्का सम्झौता रद्द गरेपछि घोराही–तुलसीपुर सडक चारलेन बनाउने गरी नयाँ डिपिआर तयार गरिएको छ । यसअघि घोराही–तुलसीपुर सडकखण्डको करिब २९ किलोमिटर सडकमध्ये १४ दशमलब ४६ किलोमिटर चारलेन र १३ दशमलब ७६ किलोमिटर दुईलेनको बनाउने गरी ठेक्का सम्झौता भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडक सुधार तथा विकास आयोजनाका प्रोजेक्ट कोर्डिनेटर अर्जुनप्रसाद अर्यालका नयाँ डिपिआर स्वीकृतका लागि साउनको पहिलो साता सडक विभाग, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय हुँदै भारत पठाइएको थियो तर लगानीकर्ता भारतीय एक्जिम बैंकबाट स्वीकृतका लागि भारतीय दुतावासमार्फत भारत सरकारलाई पठाएको करिब एक महिना बित्दा पनि कुनै रेस्पोन्स प्राप्त नभएको सडक सुधार तथा विकास आयोजनाका प्रोजेक्ट कोर्डिनेटर अर्याल बताउँछन् ।

लगानीकर्ताबाट हुन्छ, हुन्न वा रेक्सन गर्नु पर्ने भन्ने कुनै पनि खबर प्राप्त नभएको बताए । भारतीय पक्षबाट कुनै जानकारी नआएकाले नेपालकै बजेटबाट घोराही–तुलसीपुर चारलेन सडक निर्माणको कामलाई अघि बढाउन सकिन्छ कि भनेर छलफल चलेका प्रोक्जेक्ट कोर्डिनेटर अर्याल बताए । भारत पठाएको डिपिआरको विषय दुई सरकारकाबिचको विषय भएकाले पराष्ट्र मन्त्रालयबाटै पहल आवश्यक रहेको उनी बताउँछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि सडक विभाग, अर्थमन्त्रालयका बिचमा कुरा चलिरहेको भन्दै नेपाल सरकारले नै लगानी गरेर सडक विस्तारको कामलाई अघि बढाउने अवस्थामा आएमा चाडै ने ठेक्का सम्झौतामा जाने बताए । ‘घोराही–तुलसीपुर चारलेन सडक नयाँ ढंगले अघि बढाउने गरी डिपिआर गरेर पठाएको एक महिना बढी भयो, अहिलेसम्म भारतीय पक्षबाट डिपिआरको विषयमा कुनै प्रक्रिया आएको छैन’, प्रोजेक्ट कोर्डिनेटर अर्यालले भने,‘यो अवस्थामा नेपालले नै बजेटको सुनिश्चिता गरेर बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन सक्ने अवस्था रहेकाले छलफल भइरहेको छ ।’

त्यसका लागि अहिले निर्माण गरिएको डिपिआरमा केही सुधार गरेर ठेक्काको काम अघि बढाउन सकिने बताउँछन् । नयाँ डिपिआरमा पहिलेकोभन्दा लगात बढेको छ । सुरुमा एक अर्ब २३ करोड बजेट रहेको उक्त सडकमा नयाँ डिपिआर अनुसार करिब साढे तीनदेखि चार अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नयाँ डिपिआर स्वीकृतका लागि भारतीय दुतावासमार्फत एक्जिम बैंकलाई पठाएको र एक्जिम बैंकले अध्ययन गरेर स्वीकृत गरेपछि घोराही–तुलसीपुर चारलेन सडकलाई ठेक्का प्रक्रियामा लैजाने तयारी रहेको थियो । नयाँ डिपिआर अनुसार घोराहीको बबई नदीदेखि तुलसीपुरको हात्तिखोवासम्मको २९ किलोमिटर सडक चारलेन बन्ने र निर्माणको काम नेपाली निर्माण व्यवसायीले पनि गर्न पाउने गरी गरिएको छ ।

घोराही–तुलसीपुर चारलेनको काम २०७५ साल माघदेखि सुरु भएको हो । ३० महिनाभित्रमा काम सक्ने गरी भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता भएको थियो तर चौथो पटक म्याद थप भइसक्दा पनि काम अघि बढ्न सकेको थिएन । सुरुमा २०७८ साल जेठ ६ गतेभित्र काम सक्नु पर्ने सहमति थियो तर त्यो अवधिमा ६ प्रतिशत मात्र काम भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसपछि २०७८ साल साउन २७ गतेसम्म काम सक्ने गरी पहिलो पटक २०७८ साल पुस २८ गते सक्ने गरी दोस्रोपटक म्याद थप भयो तर फेरि पनि काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ साल वैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो । त्यो समयमा पनि १० प्रतिशतभन्दा बढी काम भएन । त्यसपछि चौथो पटकका लागि २०८० साल असारसम्म स्वतः म्याद थप गरिएकोमा त्यो अवधिमा पनि काम सक्ने अवस्था नदेखिएपछि तत्कालीन सरकारले २०८० जेठ महिनामा ठेक्का सम्झौता रद्द गरेर घोराही–तुलसीपुर सडक गएको असोजमा मर्मत गरिएको थियो ।

घोराही–तुलसीपुर चारलेन सडक लामो समयसम्म अलपत्र हुँदा सवारी सञ्चालनमा समस्याका साथै विकास निर्माणको काम पछि परेको भन्दै जिल्लाका स्थानीय तहका प्रमुख, निजी क्षेत्रका प्रमुखहरूको संयुक्त टोलीले प्रधानमन्त्रीलगायत जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई भेटेर अघि बढाउनका लागि दबाब दिएका छन् ।