सरकारी जागिर छोडेर कागज, राम्रो आम्दानी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १० भदौ । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले नेपाली हाते कागजबाट गाउँमै राम्रो आम्दानी गरिरहेका छन् । २५ वर्ष स्वास्थ्यचौकी भालुवाङमा कार्यालय सहयोगीका रुपमा काम गरेका जिसीले अवकाशपछि डेढ वर्षअघि नेपाली कागज उद्योग सञ्चालन गरेका थिए ।

जागिरबाट अवकासपछि राप्ती गाउँपालिका–४ पिपरखुटीमा करिब ४५ लाख लगानी गरेर राप्ती कागज उद्योग सञ्चालन गरेका जिसीले उद्योगबाट राम्रो आम्दानीसँगै स्थानीय २० जनालाई रोजगारी समेत प्रदान गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थानीयस्तरमै पाइने वनस्पती र केही कच्चा पदार्थ बाहिरी जिल्लाबाट आयात गरी जिल्लामै पहिलो पटक नेपाली कागज उद्योग सञ्चालन गरेका जिसीले महिनामा लाखौको आम्दानी गर्दै आएका छन् । पछिल्लो समय आर्थिकमन्दीका कारण जिल्लामा धेरै व्यापार व्यवसाय धरासायी भइरहेका बेला नयाँ व्यवसाय सञ्चालन गरेका जिसीले राम्रो आम्दानी गरिरहेको बताउँछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाली कागज उद्योगका लागि आवश्यक कच्चा पदार्थका रुपमा बाबियोलगायतका सामग्री जिल्लामै प्रशस्त मात्रमा पाइने र लोक्ता, अघ्रेलीलगायतका कच्चा पदार्थ पूर्वी नेपालको पाँचथर जिल्लाबाट ल्याउने गरेको छन् । कागज उद्योगबाट राम्रो आम्दानी हुन थालेपछि राप्ती गाउँपालिकामा सिभिल इन्जिनियरका रुपमा कार्यरत छोरा लालबहादुर जिसी समेत जागिर छोडेर उद्योगमा बुबालाई सघाउँदै आएका छन् ।

उद्योगको उत्पादन र कारोबारले सरकारी जागिर बिर्साइदिएको भन्दै सञ्चालक जिसीले भने,‘जागिरका क्रममा महिनामा ३०÷३५ हजार तलव आउने गरेको थियो तर अहिले त्यो भन्दा डबल बढी उद्योगबाटै आम्दानी भइरहेको छ ।’ उद्योगका आवश्यक रसायन जिल्ला बाहिरबाटै ल्याउने गरेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उद्योगबाट दैनिक विभिन्न साइजका ४ हजारप्रति नेपाली कागज उत्पादन भइरहेको छ । त्यसैगरी २० कोरी कागज उत्पादन हुन्छ । एक कोरीमा २०० प्रति हुन्छ हुने भन्दै सञ्चालक जिसीले भने,‘नेपाली कागजको बिक्रीका लागि बजारको समस्या छैन । जति उत्पादन गरे पनि बिक्री भइरहेको छ ।’ उनका अनुसार उद्योगबाट उत्पादन भएको कागज पूर्वमा काठमाडांै, विराटनगरदेखि पूर्व–पश्चिम नेपालगञ्ज, सुर्खेत, धनगढीलगायतका ठाउँमा जाने गरेको छ ।

अदालत, मालपोतलगायतका सरकारी कार्यालयमा बढी मात्रमा प्रयोग हुने कागज उत्पादन गर्दै आएका जिसीले गत वर्ष एक करोड बढीको कारोबार गरेको बताउँछन् । उनका अनुसार उद्योगबाट २० ग्रामको नेपाली कागजलाई प्रतिगोटा १० रुपियाँ, २५ ग्रामलाई प्रतिगोटा २५ रुपियाँ, ३० ग्रामको कागजलाई प्रतिगोटा ३० रुपियाँ र ४० ग्रामकोलाई प्रतिगोटा ५० रुपियॉका दरले बिक्री गर्दै आएका छन् । सञ्चालकका अनुसार ए–फोर साइजको कागज धेरै बिक्री हुने गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सरकारी जागिरपछिको समयमा खाली बस्ने कि के गर्ने भन्ने लागिरहेको समयमा उद्योग सञ्चालन गरेको भन्दै सञ्चालक जिसीले भने,‘जागिरपछि खाली बस्नुभन्दा पहिलेदेखि बाबियो निर्यातको काम गर्दै आएकाले कागज उद्योग सञ्चालन गरेको थिए, अहिले राम्रो आम्दानी भइरहेको छ । उद्योगको कमाईबाट सन्तुष्ट छु ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad