घोराहीमा सात वर्षमा १७० किलो मिटर सडक कालोपत्रे

Blog Post Ad Blog Post Ad Blog Post Ad

अमरराज आचार्य

दाङ, ९ भदौ । घोराही उपमहानगरपालिकामा ७ वर्षको अवधिमा एक सय ७० किलोमिटर सडक कालोपत्रे भएको छ । उपमहानगरपालिकाले २०७४÷०७५ देखि आर्थिक वर्ष २०८०÷०८१ सम्ममा यो परिमाणमा सडक कालोपत्रे गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो बाहेक उपमहानगरपालिकामा संघन सहरी विकासबाट २५ किलोमिटर, भवन तथा सहरी विकास विभागबाट तीन किलोमिटर र सडक विभागबाट १७ दशमलव ८५ किलोमिटर सडक कालोपत्रे भएको घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले जानकारी दिएका छन् । जनप्रतिनिधिहरू आएपछि सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको र वडा कार्यालयसम्म सहज रूपमा सडक पुग्न सक्ने गरी काम गरिएको सूचना अधिकारी चौधरीले बताए ।

बाह्रैमहिना उपमहानगरपालिकाबाट वडा कार्यालयसम्म सेवा लिन आउने सेवाग्रहीलाई आवतजावत गर्न सहज हुने गरी सडकमा काम गरिरहे भए तापनि सबै वडा कार्यालयसम्म पुगेका सडक भने बाहैमहिना यातायात आवागमन गर्न सक्ने अवस्था नरहेको उनले बताए । उनका अनुसार सडक निर्माण हुन नसकेका वडा तथा ग्रामीण भेगमा पुग्न समस्या पर्ने भएकाले नागरिकले दुःख पाउँदै आएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा १८ किलोमिटर, आर्थिक वर्ष ०७५÷०७६ मा १५ किलोमिटर, ०७६÷०७७ मा ३३ किलोमिटर, ०७७÷०७८ मा ३५ किलोमिटर, ०७८÷०८९ मा ३८ किलोमिटर, ०८९÷०८० मा १० किलोमिटर र आर्थिक वर्ष ०८०÷८१ मा १९ किलोमिटर सडक कालोपत्रे गरेको सूचना अधिकारी चौधरीले बताए । यसैगरी सात वर्षको अवधिमा उपमहानगरपालिका क्षेत्रमा दुई सय १७किलोमिटर ग्राभेल तथा सडक स्तरोन्नति गरिएको उनले बताए ।

आर्थिक वर्ष ०७४÷०७५ मा २८ किलोमिटर, ०७५÷०७६ मा ३४ किलोमिटर, ०७६÷०७७ मा ३९ किलोमिटर, ०७७÷०७८ मा ४३ किलोमिटर, ०७८÷०८९ मा ४३ किलोमिटर, ०८९÷०८० मा सात किलोमिटर र आर्थिक वर्ष ०८०÷८१ मा २० किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नति गरिएको छ । यस अवधिमा एक सय ६८ किलोमिटर नया स्थानीय सडक निर्माण गरिएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैगरी ६३ किलोमिटर सडक मर्मत गरिएको छ । आर्थिक वर्ष ०७४÷०७५ मा नौ किलोमिटर, ०७५÷०७६ मा छ किलोमिटर, ०७६÷०७७ मा सात किलोमिटर, ०७७÷०७८ मा आठ किलोमिटर, ०७८÷०८९ मा १० किलोमिटर, ०८९÷०८० मा आठ किलोमिटर र आर्थिक वर्ष ०८०÷८१ मा १३ किलोमिटर सडक मर्मत गरिएको उपमहानगरपालिकाले जनाएको छ । सात वर्षको अवधिमा एक सय ६७ वटा मोटरेवल पुल÷कल्र्भट निर्माण गरिएको छ । आर्थिक वर्ष ०७४÷०७५ मा १५ वटा, ०७५÷०७६ मा १३ वटा, ०७६÷०७७ मा २९ वटा, ०७७÷०७८ मा ३५ वटा, ०७८÷०८९ मा ४१ वटा, ०८९÷०८० मा १३ वटा र ०८०÷०८१ मा २० वटा मोटरेवल पुल÷कल्र्भट निर्माण भएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।

यसैगरी उपमहानगरपालिका क्षेत्रभित्र सात वर्षको अवधिमा ८१ किलोमिटर ढल तथा नाला निर्माण गरिएको छ । आर्थिक वर्ष ०७४÷०७५ मा चार किलोमिटर, ०७५÷०७६ मा १० किलोमिटर, ०७६÷०७७ मा सात किलोमिटर, ०७७÷०७८ मा १८ किलोमिटर, ०७८÷०८९ मा १९ किलोमिटर, ०८९÷०८० मा १० किलोमिटर र आर्थिक वर्ष ०८०÷८१ मा १० किलोमिटर ढल तथा नाला निर्माण भएको उपपहानगरपालिकाले जनाएको छ । यसैगरी तीनवटा झोलुङ्गे पुल निर्माण भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आर्थिक वर्ष ०७७÷०७८ मा दुईवटा र आर्थिक वर्ष ०८०÷०८१ मा एउटा गरी तीनवटा झोलुङ्गे पुल निर्माण भएको सूचना अधिकारी चौधरीले बताए । यसै गरेर १९ वटा पार्क निर्माण गरिएको छ । आर्थिक वर्ष ०७४÷०७५ मा तीनवटा, ०७५÷०७६ मा दुईवटा, ०७६÷०७७ मा पाँचवटा, ०७७÷०७८ मा चारवटा, ०७८÷०८९ मा पाँचवटा निर्माण गरिएको थियो भने ०८९÷०८० र ०८९÷०८० मा निर्माण नभएको सूचना अधिकारी चौधरीले बताए । यसैगरी १५ वटा खेलकुद मैदान निर्माण गरिएको छ । आर्थिक वर्ष ०७४÷०७५ मा एउटा, ०७५÷०७६ मा ६ वटा, ०७६÷०७७ मा दुईवटा, ०७७÷०७८ मा दुईवटा, ०७८÷०८९ मा दुईवटा र ०८९÷०८० मा दुईवटा खेलकुद मैदान निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad