रुकुम पश्चिममा पहिरोले घर भत्किदा २२ वटा बाख्रा पुरिएर मरे

दाङ, ७ भदौ । रुकुम पश्चिममा अविरल बर्षाको कारण पहिरोले एक घर भत्किदा २२ वटा बाख्रा पुरिएर मरेका छन् । पहिरोले बाँफिकोटमा वडा नम्वर १० बयाल्यटोल निवासी बरुन धितालको घर भत्किएको हो । बुधबार राती बर्षाको कारण गएको पहिरोले घर भत्किदा घरमा रहेका २२ वटा बाख्रा पुरिएर मरेको वडा अध्यक्ष हरि चन्दले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँका अनुसार तीन वटा बाख्रा घाईते रहेका छन् । पहिरोबाट कुनै मानविय क्षती भने भएको छैन । भूकम्पको बेला चर्किएको धितालको घर भत्किएको हो । घरपरिवार अस्थायी टहरामा र चर्किएको घरमा बाख्रा राख्ने गरिएको वडा अध्यक्ष चन्दले जानकारी दिनुभयो । घर भत्किदा घरमा रहेका अन्य सामाग्रीमा समेत क्षती पुगेको छ । क्षतीको विवरण संकलन भईरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad