लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा खनाल नियुक्त

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ७ भदौ । लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा यमलाल खनाल नियुक्त हुनु भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले खनाललाई संविधानको धारा १६० को उपधारा २ अनुसार बिहीबार मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नु भएको हो ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ९ निवासी खनाल लामो समयदेखि कानुन व्यवसायका क्षेत्रमा काम गर्दै आउनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad