सल्यानमा ३ सय मेटिक्टन दूध उत्पादन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ६ भदौ । सल्यानमा गत आर्थिक वर्षमा ३ सय मेटिक्टन दूध उत्पादन तथा बिक्री भएको छ । जिल्लाभर उत्पादन हुने दूधको  ७५ प्रतिशत भन्दा बढी दूध ढाकाडामबाट आपूर्ति हुने पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले बताउनु भयो ।

गत वर्ष मात्र ३ सय मेटिक्टन दूध बिक्री हुँदा १ करोड ८० लाख रुपैयाँ किसानका हातमा परेको उहाँको भनाई छ । आर्थिक वर्ष २०७९/०८० मा २ सय २४ मेटिक्टन दूध उत्पादन हुँदा किसानले १ करोड २३ लाख आम्दानी गरेका थिए । आ.व २०७९/०८० को तुलनामा आ.व २०८०/०८१ मा ७६ मेटिक्टन दूध उत्पादनमा वृद्धि आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दूधमा प्रतिलिटर रु पाँचका दरले किसानलाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराइएपछि जिल्लामा दूध उत्पादन वृद्धि भएको महतले बताउनु भयो । उहाँले भन्नु भयो ‘डेरीमा दूध बिक्री गर्ने किसानलाई कर्णाली प्रदेश सरकारले प्रति लिटर ५ रुपैयाँ अनुदान दिन थालेपछि दुग्ध उत्पादक किसानहरुको वृद्धि समेत भएको छ ।’

गत वर्ष मात्रै २ लाख ६६ हजार ८ सय ९५ लिटर दूधमा अनुदान दिएको उहाँले बताउनु भयो । जसबाट किसानलाई अनुदान मात्र १३ लाख ३४ हजार ४ सय ७५ रुपैयाँ वितरण गरिएको छ ।
दूध उत्पादनलाई वृद्धि गर्न एक स्थानीय तह एक पशु सेवा उत्पादन कार्यक्रम अन्तर्गत कार्यालयले बागचौर, शारदा नगरपालिका, दार्मा, त्रिवेणी र कपुरकोट गाउँपालिकालाई दुग्ध पकेट क्षेत्रका रुपमा विकास गरेको छ । व्यावसायिक भैसी तथा गाई पालन गर्ने किसानमा वृद्धि आउनु, नश्ल सुधार लगायतका कारण दूध उत्पादनमा वृद्धि आएको महतको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad