सल्यान धनवाङका सात घर पहिरोको उच्च जोखिममा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ६ भदौ । अविरल बर्षापछी जमिन भासिदा सल्यान धनवाङका सात घर पहिरोको उच्च जोखिममा परेका छन् । कपुरकोट गाउँपालिका ४ किमुचौर स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरको फिल्ड माथिबाट खसेको पहिरोले ७ घर जोखिममा परेको वडा अध्यक्ष मित्र कठायतले जानकारी दिनु भयो  ।

कृष्ण बहादुर चन्द, सिताराम वि.क, शोमराज थापा, ओम बहादुर थापा, भिम बहादुर बिक, तुल्सी सिंह थापा र पुर्ण बहादुर थापाको घर पहिरोको उच्च जोखिममा रहेको उहाँले बताउनु भयो । महत्वपुर्ण सामाग्री निकालेर सुरक्षित स्थानमा बस्नका लागि जोखिममा रहेका घरपरिवारलाइ अनुरोध गरिएको वडा अध्यक्ष कठायतको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै कपुरकोट– फालावाङ सडकखण्डको किमुचौरमा सडक भासिएको छ । पहिरोले सडक भासिदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।  अविरल बर्षाका कारण कपुरकोट गाउँपालिका लगायत जिल्लाका विभिन्न स्थानीय तहमा ग्रामिण सडकहरु अवरुद्ध छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad