जीवन बचाइदिन अर्घाखाँचीकी क्यान्सरपीडित कस्तुरीको अपिल

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ६ भदौ । क्यान्सर पीडित कस्तुरी अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएर त्यही हुर्किएकी हुन् । उनले माइती जिल्लामा रहने सबै दाजुभाई दिदी बहिनी र विशेष गरी सन्धिखर्क निवासी सहयोगी मनहरुलाई आर्थिक सहयोगको लागि विशेष अपिल गरेकी छिन् ।

क्यान्सर पीडित कस्तुरी साउद भुसालले आफ्नो जीवन बचाइदिन देश विदेशमा रहेका सबै नेपालीसामु अपिल गरेकी छिन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १० झलारी स्थायी घर भएकी ३५ वर्षीया कस्तुरी बिगत ८ वर्षदेखि कोलोन क्यान्सरबाट (ठूलो आन्द्राको) पीडित छिन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले कोलोन क्यान्सरको उपचार भक्तपुर क्यान्सर अस्पताल र काठमाडौं मेडिकल कलेजमा गराउँदै आएकी थिइन् । क्यान्सर रोगबाट बच्न उनले पाँच पटक अपरेसन गरिसकेकी छिन् । अपरेसन गरिसकेपछि उनले नियमित ‘केमो थेरापी’ र ‘रेडियो थेरापी’ गराएकी थिइन् । उनले २२ वटा केमो र ३० पटक रेडियो थेरापी गरिसकेकी छिन् । अपरेसन पछि उनको स्वास्थ्य सामान्य अवस्थामा फर्किएको थियो ।

उनी नियमित रुपमा चिकित्सकको निगरानी मै थिइन् । ब्लडको रिपोर्ट पनि सामान्य नै थियो । तर, पछिल्लो समय उनमा अचानक पेट दुख्ने समस्या देखिन थाल्यो । आफ्नो समस्या उनले चिकित्सकलाई बताउँदै आएकी थिइन् । चिकित्सकले उनलाई एकपटक ‘पेटसिटी’ गराउन सल्लाह दिएका थिए । चिकित्सकको सल्लाह अनुसार नै उनी पेटसिटी गराउन भनी भारतको राजिव गान्धि क्यान्सर अस्पतालमा पुगिन् । ‘पेटसिटी’ गराउँदा उनमा फोक्सोको क्यान्सर देखिएको छ । हाल उनी भारतको राजिव गान्धि क्यान्सर अस्पतालमा उपचाररत छिन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आठवर्षसम्म उपचार गराउँदा सबै पैसा सकियो

छैठौ पटक क्यान्सरको अपरेसन गर्दै गर्दा उनले राजिव गान्धि क्यान्सर अस्पतालको शय्याबाट सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, “हे ईश्वर ! सक्छौ भने मलाई अझै दु;ख देउ ।”

Blog Post Ad Blog Post Ad Blog Post Ad


‘आजसम्म परिवार, माइती र दिदीबहिनीको सहयोगबाट उपचार गराउँदै आएकी थिए ।’ उनले भनिन्, ‘छोराछोरीको लागि भएपनि म बाँच्नुपर्छ भनेर आत्मबल दरिलो पारेरी थिएँ । आठवर्षसम्म उपचार गराउँदा आफुसँग भएको सबै पैसा सकियो । अहिले थप उपचारको लागि पैसाको अभाव भएर सबै नेपाली दाजुभाई दिदीबहिनीसँग सहयोगको अपिल गरेकी हुँ ।’

तत्काल १८ लाख भारु चाहिने

Blog Post Ad Blog Post Ad Blog Post Ad

राजिव गान्धि क्यान्सर अस्पतालले उपचारको लागि तत्काल १८ लाख भारु अर्थात् २८ लाख ८० हजार नेपाली चाहिने बताएको छ । यति ठूलो रकम संकलन गर्न नसक्ने बताउँदै उनले भनिन्, ‘मैले कसरी यति ठूलो रकम जम्मा गरौं ? मेरो परिवारसँग भएको सबै पैसा उपचारमै सकियो । त्यसैले कृपया मेरो जीवन बचाइदिनको लागि मलाई आर्थिक सहयोग गर्नुहोला ।’

समयमा नै पैसा जम्मा गर्न सकेमा चिकित्सकले रोग निको पार्न सकिने बताएका छन् । उनका श्रीमान नेपाली सेनामा कार्यरत थिए । श्रीमतीको उपचारमा बढी समय दिनु पर्ने भएकाले बाध्य भएर उनले जागिरबाट बिदा हुनु परेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

क्यान्सर पीडित कस्तुरी अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएर त्यही हुर्किएकी हुन् । उनले माइती जिल्लामा रहने सबै दाजुभाई दिदी बहिनी र विशेष गरी सन्धिखर्क निवासी सहयोगी मनहरुलाई आर्थिक सहयोगको लागि विशेषा रुपमाअपिल गरेकी छिन् ।

कस्तुरी भुसाललाई आर्थिक सहयोग गर्नको लागि ग्लोबल आइएमई बैंकको खातामा रकम संकलन गर्न सकिनेछ । तपाईहरुको सानो सहयोगले कस्तुरीले नयाँ जीवन पाउने छिन् । स्रोत – नयाँ पत्रिका

सहयोगी मनहरुले यस नम्बरमा वा माथिको क्युआर कोडमा रकम जम्मा गर्न सक्नु हुने छ:

बैंक : ग्लोबल आइएमई बैंक
खाता नं : ०३६०७०१००१०३१५
खाता वालाको नाम : कस्तुरी साउद भुसाल