रोल्पाकी पबी घर्तीको उपचारका लागि सहयोग हस्तान्तरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ६ भदौ । लडेर घाइते हुनुभएकी त्रिवेणी गाउँपालिका–१ रोल्पाकी पबी घर्तीको उपचारका लागि सहयोग हस्तान्तरण गरिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचाररत पवीको उपचारमा आर्थिक समस्या भएपछि रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीको नेतृत्वमा सहयोग संकलन गरिएको थियो । विभिन्न दाताहरुबाट संकलित एक लाख चार हजार दुईसय रुपैयाँ विरामीलाई उपलव्ध गराइएको अध्यक्ष वलीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पूर्वजनप्रतिनिधिसमेत रहनु भएका पबीका श्रीमान मोहनलालले श्रीमतीको उपचारका लागि घरमा रहेका बाख्रा बेचेर उपचार गरिरहनु भएको थियो । उपचारमा आर्थिक अभाव भएपछि रोल्पाली सेवा समाजले आर्थिक संकलन गरिदिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad