जेसिज सप्ताहको चौथो दिन : मनोविमर्श कार्यक्रम

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ६ भदौ । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन मनोविमर्श कार्यक्रम सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत एक कार्यक्रमको आयोजना गरी संस्थाले मनोविमर्श कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नयाँ पाइला पुनःस्थापना केन्दैका उपाध्यक्ष शैलेन्द्र शर्माले मनोविमर्श सम्बन्धी प्रशिक्षण दिएका थिए । संस्थाका अध्यक्ष जुनकुमारी बुढाको अध्यक्षता तथा घोराही उपमहानगर पालिका घोराही वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के सी, सिसनो पानी नेपाल दाङ शाखाका अध्यक्ष लोकराज पराजुली , दाङ महिला जेसिजका पूर्व अध्यक्ष माया शर्मा लगायतले मन्तव्य राखेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सप्ताहव्यापी कार्यक्रमको मूल संयोजक मिना भण्डारी रहेकी छिन् भने संयोजकमा दीपा पुन रहेकी छिन् ।
कार्यक्रममा आराधना सिंह ठकुरीले जेसिज आस्था पाठ गरेकी थिइन् भने अर्चना शर्मा धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सहजीकरण सुनिता अधिकारीले गरेकी थिइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad