दाङको भालुवाङमा १३ महिनामा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओम प्रकाश गुप्ता

देउखुरी, ५ भदौ । दाङ-देउखुरीको भालुवाङमा मात्रै १३ महिनामा सवारी दुर्घटनामा परी २१ जनाको ज्यान गएको छ । गएको साउन १५ गते भालुवाङमा ट्रकको ठक्करबाट सोही ठाउँ निवासी बर्ष ५० का फलफूल ब्यापारी लोकप्रसाद भट्टराईको घटनास्थल ज्यान गयो । भट्टराईले जेब्रा प्रयोग नगरेर सडक पार नगर्दा ट्रकको ठक्करबाट ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै गएको गत असार २२ गते मिनिट्रकको ठक्करबाट कालाकाटे निवासी बर्ष ४४ का सन्तोषकुमार योगीको पनि घटनास्थल मै ज्यान गयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँलाई बिपरित दिशाबाट आएको मिनीट्रकले ठक्कर दिएको थियो । त्यस्तै गत पुस २७ गते भालुवाङको राप्ती पुलबाट यात्रु बोकेको बस खस्दा करिब १२ जनाको पनि घटनास्थल मै ज्यान गयो । यी त उदाहरण मात्रै हुन् । यस्ता अन्य सवारी दुर्घटना धेरै भएको प्रहरीले जनाएको छ । त्यहाँ भएका सबै दुर्घटनामा ट्राफिक नियम पालना नगरे कै कारण दुर्घटना भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

बितेको एक बर्षमा भालुवाङमा मात्रै सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् भने २३ जना घाइते भएको प्रहरीले जनाएको छ । यस्तै देउखुरी क्षेत्रमा मात्रै सवारी दुर्घटनामा परी ६० जना बढीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । जसमध्ये भालुवाङ बजार क्षेत्रमा सबै भन्दा बढी दुर्घटना हुने गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैविच धमाधम सवारी दुर्घटना बढ्न थालेपछि ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक पोष्ट भालुवाङले आफ्नो इलाका क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक सचेतना दिन शुरु गरेको छ । यस्तै गरी सडकमै ल्याई सडक प्रयोग गर्ने तरिका, जेब्रा क्रस कसरी गर्ने र ट्राफिक नियम लगायतका बिषयमा अभ्यास गराउन सुरु गरेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक अमरबहादुर माझीले बताउनु भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad