दाङमा लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ

दाङ, ५ भदौ । दाङमा लागु औषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का शान्त राज योगी, तुलसीपुर- ६ का सरोज डाँगी र सोही ठाउँका बिक्रम श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर १७ स्थित पलटिङ बस्तीमा लागू औषधको कारोबारो गरिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले तीनजना ब्यक्तिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

उनिहरुको साथबाट पर्स भित्र लुकाइ राखेको प्लाष्टिकको २७० मिलिग्राम लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो पदार्थ बरामद गरिएको सूचना अधिकारी तिमल्सिनाले जानकारी दिनुभयो । उनिहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad