पत्रकार शर्माद्धारा ३ वटा पुस्तकालयलाई पुस्तक प्रदान

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ्ग, ४ साउन । पत्रकार तथा प्रेस सेन्टर नेपालका उपाध्यक्ष अजयदीप शर्माले आफनो लाइबे्ररीमा संकलित पुस्तकहरु सार्वजनिक पुस्तकालयहरुलाई हस्तान्तरण गर्नु भएको छ ।

आफूसँग रहेका पुस्तकहरु अरुका लागि पनि पठनीय सामाग्री बनुन भन्ने उदेश्यले नेपाल पत्रकार महासंघ, सर्वोदय पुस्तकालय र श्री सिद्धरत्न नाथ क्याम्पस नारायणपुरलाई पत्रकारिता,राजनीतिक, दर्शन, समाजशास्त्र, कथा, उपन्यास र शैक्षिक पाठयपुस्तकहरु प्रदान गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, दाङको सबै भन्दा जेठो पुस्तकालय सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम र नारायणपुर क्याम्पसका प्रमुख दिपक लामिछानेलाई पुस्तक हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा आफूसँग रहेका पुस्तकहरु संस्थालाई प्रदान गरी पठनीय संस्कृतिलाई टेवा पुरयाउने काम गर्नु भएकोमा धन्यवाद पत्रकार महासंघका अध्यक्ष,सर्वोदय वाचनालयका अध्यक्ष र नारायणपुर क्याम्पसका प्रमुखले धन्यवाद प्रदान गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आफूमा सिमित पुस्तकहरु अरु लागि पनि पढ्ने अवसर बनोस भनेर आफूले शैक्षिक संस्था, आफू सम्बद्ध पत्रकार महासंघ र जिल्लाको सबैभन्दा जेठो पुस्तकालयमा पुस्तकहरु प्रदान गर्न पाएकोमा अजयदीप शर्माले खुसी व्यक्त गदैं संस्थाहरु प्रति आभार व्यक्त गर्नु भएको थियो ।

३ वटा संस्थामा गरी शर्माले १ सय २० थान पुस्तकहरु प्रदान गरेको बताउनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad