दाङ्गमा चोरीको मोटरसाइकलसहित ४ जना पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३ भदौ । दाङमा चोरी भएको मोटरसाइकलसहित चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी राम बहादुर केसीका अनुसार तुलसीपुर-१५ बाट चोरी भएको मोटरसाइकलसहित ४ जना पक्राउ परेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पक्राउ पर्नेमा १ जना मोटरसाइकल ग्यारेज सञ्चालक र ३ जना चोरीमा संलग्न व्यक्ती रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् ।
तुलसीपुर-८ अस्वारास्थित अन्नपुणर् टोल निवासी जित बहादुर भण्डारीको चोरी भएको रा ८ प ३३५८ नम्बरको (रातो कालो) रङको टु-ट्वान्टी पल्सर मोटरसाइकल सहित चार जना पक्राउ परेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आइतबार साँझ ७ बजेको समयमा घरको ब्राण्डमा पार्कीङ गरी राखेको मोटरसाइकल आज बिहान ४ बजे नदेखेपछि प्रहरीमा निवेदन दिइएको थियो ।

खोजतलास गर्दै जाँदा तुलसीपुर-१५ को पहरुवा भन्ने स्थानमा सबै पाटपुर्जाहरु खोलेको अवस्थामा मोटरसाइकल भेटिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad