टीम प्रमोद खरेलकी अनुयालाई ‘भ्वाइस किड्स’ सीजन ३ को उपाधि

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २ भदौ । शनिवार राति आयोजित ग्राण्ड फिनाले कार्यक्रममा तेस्रो संस्करणको भ्वाइस किड्सको उपाधि अनुया तामाङले जितेकी छन् । टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले अन्य प्रतिस्पर्धिलाई निराश बनाउँदै उपाधिमाथि कब्जा जमाएकी हुन् ।

विजेता तामाङले उपाधिसंगै नगद १० लाख रुपैयाँ तथा प्रायोजकको तर्फबाट विभिन्न उपहार प्राप्त गरिन् । उनलाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कोच प्रमोद खरेलको टीमबाट अनुया तामाङ तथा लाक्पा शेर्पा, कोच मिलन नेवारको टीमबाट समीक्षा धिताल तथा रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । कोच छेवाङ लामाको टीमबाट द्वितिका प्रधान तथा छेसाङ तामाङ तथा कोच मेलिना राईको टीमबाट सिमला धिताल र आयुष लामाले अन्तिम प्रतिस्पर्धिको रुपमा रहेका थिए ।

वात्साल्य न्याचुरल आइभीएफ मुख्य प्रायोजक रहेको यो प्रतियोगिताको । फिनालेमा कोच र तिनका प्रतिस्पर्धीले सांगीतिक प्रस्तुति दिएका थिए । दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता छनोट गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रतियोगिताको लाइन शनिवार साँझ ७ बजेसम्म खुला थियो । फिनालेमा ‘भ्वाइस अफ नेपाल’ को छैटौं सीजनको डिजिटल अडिसन बाँकी ७ दिन मात्र खुला रहने जानकारी दिइएको थियो । यो जानकारी दिन होस्ट सुशिल नेपाल आफैँ स्टेजमा उक्लिएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad