सल्यानमा बदेलको आक्रमणबाट महिला घाइते

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३१ साउन । सल्यानमा बदेलको आक्रमणबाट एक महिला घाइते भएकी छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ५की  २७ वर्षीया बालिका विष्ट बदेलको आक्रमणबाट घाइते भएकी हुन । बिहीबार दिउँसो बजारबाट औषधी लिएर घर जानेक्रममा बदेलले आक्रमण गरेको वडाध्यक्ष पिपर खत्रीले जानकारी दिनु भयो ।

सल्लीबजारबाट छोराछोरीलाई औषधी गरेर घर फर्कने क्रममा रतन खोला नजिकै बदेलले आक्रमण गरेको उहाँको भनाई छ । घाइतेलाई सल्लीबजार स्थित सिटि अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि नेपालगन्ज पठाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पछिल्लो समयमा त्यस क्षेत्रमा बदेलले किसानहरूले लगाएको बालिहरुमा क्षति पु¥याउनुको साथै मानिसमाथि पनि आक्रमण गरिरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad