दाङमा श्रीमतिको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३० साउन । दाङमा श्रीमतिको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

लमही नगरपालिका- ९ स्यालेका ४४ बर्षीय चक्रबहादुर भनिने श्यामकुमार कुमाललाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ परेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कुमालको कुटपिटबाट उनको श्रीमती अन्दाजी ४० ईश्वरी कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट मृत्यु भएका श्रीमतीलाई बाटोमा छोडेर श्यामकुमार घर छोडेर भागेका थिए ।

नलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मृतकका श्रीमान् श्याम कुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

स्थानीयका अनुसार कुमाल दम्पती दैनिकजसो मादक पदार्थ सेवन गर्ने, झैझगडा गर्ने, कुटपिटसम्म गर्ने गर्थे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिले ईश्वरीको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad