साउथ कोरियन दम्पतीद्वारा ३ लाख बरावरको खेलकुद सामग्री वितरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २९ बैशाख । हिराडाँगी फाउण्डेसनमा प्रशिक्षण गरि रहेका खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गरिएको छ । तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि साउथकोरियन एक दम्पतीले फुटवल खेलाडीहरुलाई खेलकुदसामग्री हस्तान्तरण गरेका हुन् ।

साउथकोरीया निवासी कुवोनयेङ जियो र किम येन नाले फुटवल किट, खेलाडीहरुलाई पोशाक र बल लगायतका करिव ३ लाख बराबरको सामग्रीहरु फुटवल खेलाडीहरुलाई उपलव्ध गराएका हुन् । हिराडाँगी फाउन्डेसनका प्रशिक्षक प्रितिबहादुर गिरी (प्रेस)को समन्वयमा उनीहरु नेपाल आयर खेलाडीहरुको हौसला बढाउन खेलसामग्री वितरण गरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा बोल्दै कोरिया निवासी कुवोन येङ जियोले आफ्नो छोरापनि फुटवल खेलाडी भएको भन्दै नेपालमा पनि दक्षखेलाडीहरु उत्पादन भई उनीहरुले देश विदेशमा व्यवसायीक खेलुन भन्ने उदेश्यले आफुले सहयोग गरेको बताए । त्यस्तै हिराडाँगी फाउन्डेसनका प्रशिक्षक प्रेसले सो जोडिले खेलकुद क्षेत्रको विकासका लागि पहिलो पटक नेपालमा खेलकुद सामग्रीहरु सहयोग गर्न यहाँ आएको बताए । उनले आफु साउथकोरीया बस्दा उनीसंग परिचय भएको र सोहि आधारमा नेपालमा आयर सहयोग गरेको बताए । सो जोडिले एक जना बालकलाई निःशुल्क ज्ञानज्योति स्कुलमा पढाएको समेत बताए ।

त्यस्तै आगामी दिनमा पनि थप सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्तगरेका थिए । हिराडाँगी फाउन्डेसनमा आवद्ध अन्य ८ जना जेहेन्दार बालबालिकाहरुलाई ज्ञानज्योतिले पढाई रहेको उनले गिरीले बताए । कार्यक्रमको सहजीकरण दाङ जिल्ला फुटवल संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad