आगलागी क्षेत्रमा स्वास्थ्यकर्मी संघको स्वास्थ्य शिबिर

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २९ बैशाख । नेपाल स्वास्थ्यकर्मी संघ दाङले राजपुरमा स्वास्थ्य शिविर गरेको छ । राजपुर गाउँपालिकाको हाडबासमा भएको आगलागि क्षेत्रमा आगलागी प्रभावितहरूको लागि स्वास्थ्य शिबिर सञ्चालन गरेको हो । बैशाख १६ गते आगलागि भएको स्थानमा भएको स्वास्थ्य शिबिरमा १६३ जनाले सेवा लिएका थिए ।

कार्यक्रममा २ जना चिकित्सक सहित १५ जना स्वास्थ्यकर्मीहरू परिचालन भएको थिए । नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष हरि बहादुर पुनको अध्यक्षतामा राजपुरगाउँपालिका उपाध्यक्ष धनपतिदेवि यादवको प्रमुख आतिथ्यतामा स्वास्थ्य शिविर भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डे, वडा नं ७ का वडा अध्यक्ष पुष्कर वलीले मन्तव्य राखेका थिए । शिविरमा औषधि ब्यबस्थापन सहयोग एनएमसिआरए दाङ र एप्पलका मेडिकल रिपरजेन्टेटिभ शुभम शर्माले धन्यबाद दिएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad