घोराहीमा दुई जना महिलाको हत्यामा संलग्न रहेको आशंकामा अटो चालक पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २९ बैशाख । घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जना अटो चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका–२ घरभई हाल घोराही उपमहानगरपालिका–१७ चौघेरा निवासी ५७ बर्षीय टेकबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरीले घोराही उपमहानगरपालिका–१० सौडीकुलाबाट रा १ ह ३७७९ नम्वरको अटोसहित घर्तीलाई नियन्त्रणमा लिएर अनुसन्धानलाई अघि बढाएको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार शनिवार दिउँसो दुई जना महिला सोही अटोमा घोराहीबाट पहेलपार जानुभएको थियो ।

शनिवार दिउँसो घोराही उपमहानगरपालिका–१० पहेलपारमा अन्दाजी ५० बर्षीया जुपली बुढा र सुर्खेत जिल्ला बीरेन्द्रनगर नगरपालिका–२ चनाबारी घरभई घोराही उपमहानगरपालिका–१० नारायणपुरमा बस्दै आउनुभएकी अन्दाजी ४४ बर्षीया संगीता सुनारको घरेलु हतियार बन्चरो प्रहार गरि हत्या भएको थियो । मृतक बुढाको घरको भान्सा कोठामा बन्चरो प्रहार गरि हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad