दाङमा बञ्चरो र कोदालो प्रहार गरी दुई जना महिलाको हत्या

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २९ बैशाख । दाङमा दिनदहाडै बञ्चरो र कोदालो प्रहार गरी दुई जना महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिबार (आज) दिउँसो घोराही उपमहानगरपालिका वडा नम्बर १० पहेलपारमा बञ्चरो र कोदालो प्रहार गरी दुई जना महिलाको हत्या भएको हो ।

पहेलपारमा दुई जना महिलाको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

एसपी केसीका अनुसार दुई जना महिला कोठा भाडामा बस्दै आएका थिए । घरमा कोही नभएको मौका छोपी उनीहरूको हत्या भएको एसपी केसीले बताउनुभयो । हत्या गरिएकाहरूमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगीता सुनार रहेको एसपी केसीले बताउनुभयो ।

सुनारको पहिलाको घर सुर्खेत र बुढाको पहिलाको घर रूकुम रहेको खुलेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार दुई जना महिलाको हत्या गरेको आरोपमा रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्ती पक्राउ परेका छन् ।

उनी पेसाले अटो चालक हुन् । प्रहरीका अनुसार उनी पछिल्लो समय घोराहीको चौघेरामा कोठा भाडामा बस्दै आएका थिए । घटनाको विषयमा थप अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad