राजनीतिक दलको सदस्य त्याग गर्न कपुरकोट गाउँपालिकाको निर्देशन

Blog Post Ad Blog Post Ad Blog Post Ad

सल्यान, २९ बैशाख । सल्यानको कपुरकोट गाउँपालिकाले शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्य त्याग गर्न निर्देशन दिएको छ । गाउँपालिकाले सार्वजनिक सुचना जारी गरी सामुदायिक तथा निजि विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र राजनीतिक दलको सदस्यता त्यागेको स्वघोषणा गर्न आदेश जारी गरेको हो ।

शिक्षा अधिकृत सरस्वती भण्डारीले जारी गरेको सुचनामा यदि १५ दिनभित्र स्वघोषणा नभएको खण्डमा पछि कुनै पनि बेला प्रमाणसहित राजनीतिक दलको सदस्यता लिएको सुचना आएमा कानुन बमोजिम कार्बाही हुने उल्लेख गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गाउँपालिकाको गत बैशाख २४ गते बसकोे शिक्षा समितिको निणर्य अनुसार शिक्षा तथा सेवा प्रवाहलाई मर्यादित बनाउन शिक्षक तथा कर्मचारीले १५ दिनभित्र राजनितिक दलको सदस्यता त्यागेको घोषणा गर्नुपर्ने गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो ।

उहाँले अहिले विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीलाई १५ दिनभित्र सदस्यता त्यागको घोषणाका लागि निर्देशन जारी गरिएको भएपनि यो नियम गाउँपालिकाका अरु कर्मचारीलाई पनि लागु हुने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिक्षा ऐन २०२८ संसोधनसहित १६ को दफा ङ को उपदफा ५ को व्यवस्था कार्यान्वयनका लागि गाउँपालिकाका विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई १५ दिनको समय निर्धारण गरिएको हो ।

रुन्टीगढी गाउँपालिका ८ मगरगोरी घर भई हाल मलेसियामा काम गर्ने क्रममा भाई डिल बहादुर बाँठा को खुट्टा मेसिनमा परेर गुमेको खवरले हामी अत्यन्तै दुखी छौ । भाईको सिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछौं ।

Blog Post Ad Blog Post Ad Blog Post Ad