दाङका ट्राफिक प्रमुख मल्लको सरुवा, ट्राफिक प्रमुखमा शाही आउँदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २७ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लसहित ५ सय १९ जना प्रहरी निरीक्ष (इन्स्पेक्टर) हरुको एकैपटक सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कँवरको निर्णय अनुसार हिजो बुधबार उनीहरुलाई सरुवा गरिएको हो ।

मल्लको प्रहरी वृत जनसेवा काठमाडौं अपराध नियन्त्रण शाखामा सरुवा भएको छ । यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षकद्धय नवचन्द्र मल्ल र नवराज केसीको पनि सरुवा भएको छ । मल्लको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा सरुवा भएको छ भने केसीलाई नेपाल प्रहरी प्रदेश कार्यालय विशेष इकाई पोखरा सरुवा गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैगरी जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशान्त मिश्रलाई मधेश प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय सिसहनिया दाङका प्रहरी निरीक्षक अर्जुन पौडेललाई इलाका प्रहरी कार्यालय त्रिवेणी पर्वत सरुवा गरिएको छ भने इलाका प्रहरी कार्यालय गडवाका प्रहरी निरीक्षक नविन वलीको पनि सरुवा भएको छ ।

यस्तै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठको नगर प्रहरी कार्यालय काठमाडौंमा सरुवा भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल शिंहको जिल्ला प्रहरी कार्यालय गोरखा सरुवा भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

-अब दाङको ट्राफिक प्रमुखमा राजेश शाही आउन लाग्नुभएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय दाङमा सुशान्त मिश्रको ठाउँमा सोम घर्तीमगर आउन लाग्नु भएको छ भने वडा प्रहरी कार्यालय कार्यालय लमहीमा प्रकाश भुषाल, इप्रका गढवामा कालिका कार्की, इप्रका भालुवाङमा अम्मर माँझी आउदै हुनुहुन्छ ।

यता इलाका प्रहरी कार्यालय तुलसीपुरमा नवराजको ठाउँमा दाम प्रसाद श्रेष्ठ आउन लाग्नुभएको छ भने नवचन्द्रको ठाउँमा भने कोही नआउने भएका छन् । इप्रका तुलसीपुरमा एकजना मात्रै इन्स्पक्टरको दरबन्दी रहेकाले नवचन्द्र मल्ल काजमा इप्रका तुलसीपुरमा आउनुभएको थियो । यही जेठ महिना देखीको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी १ सय १९ जना इन्स्पेक्टरहरुको सरुवा गरिएको प्रहरी उपरीक्षक (एसपी) अर्जुन प्रशाद तिमिल्सीनाले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad