लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन बाँकेमा प्रहरीले चलायो गोली

Blog Post Ad Blog Post Ad Blog Post Ad

बाँके, २७ वैशाख । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन बाँकेमा प्रहरीले गोली चलाएको छ । जिल्लाको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो।

काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको छ । ब्युरोबाट इन्सपेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टिमले सो अपरेसन गरेको जनाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लागु औषध कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको बताइएको छ । प्रहरीका अनुसार परियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् । परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउन्ड गोली चलेको बताइएको छ । कारोबारीको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले बताएको छ ।

गोली चलाएर नियन्त्रणमा लिइएका लागु औषध कारोबारीको भेरी अस्पतालमा उपचार हुँदै छ । बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad