विद्यार्थीलाई कम्प्यूटर कक्षाको प्रमाणपत्र

दाङ, साउन १२ ।
सनलाईट कम्प्यूटर ईन्स्टिच्यूट घोराहीले एक वर्षदेखि कम्प्युटर कक्षा लिएका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । सनलाईट कम्प्युटर र राईट स्टेप एजुकेशन एकेडेमी कपिलबस्तुले शनिबार घोराहीमा एक कार्यक्रमको आयोजना गरेर पुराना ९० जना र नयाँ ८० जना विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सनलाईट कम्प्यूटर ईन्स्टिच्यूट घोराहीको सञ्चालक प्रमिला डाँगीको अध्यक्षता तथा प्रमुख प्रशिक्षक गेहेन्द्र कुँवरको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य नवीन अभिलाषीको विशिष्ठ आतिथयतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले सनलाईट कम्प्यूटर ईन्स्टिच्यूटमा सिकेको कम्प्युटर ज्ञानलाई व्यवहारमा लागु गरेर काम गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती समेत राखेका थिए । शिक्षिका अनुषा पुनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आशा वली र रुपकराज भण्डारीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *