एघार दिने सुत्केरीको घर, पशुचौपाया बस्ने गोठ

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी ११ साउन | वर्षायामको समय । सानो खरले छाएको सानो घर । त्यही घर पनि वर्षायामको झरीले चुहिन्छ । बस्ने गतिलो बास पनि छैन सुत्केरीलाई । वर्षायाममा आएको झरीले चारैतिरबाट घर चुहेर ओत्ने गतिलो बास छैन । सिटैसिटाले बारेको गाई र अन्य पशुचौपाया बस्ने सानो झुपडि ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वर्षायामको समयमा किराकाटीको डर जस्लाई पनि हुन्छ तर, त्यही पनि अज विक बस्ती राजपुर गाउँपालिका । राजपुर गाउँपालिका वडा नम्बर ४ रोहिनिया निवासी १५ वर्षीय सुस्तमनस्थिति भएकी नाम परिवर्तन अनिता चौधरी सुत्केरी भएको एघार दिन भयो तर, चौधरी र एघार दिने बच्चासंगै गोठमा बस्नबाध्य हुनु भएको छ । छोरी सुत्केरी भएको एघार दिन भयो । सुत्केरीलाई एघार दिन अघिबाट गोठमै राखेका छौ, सानो खरले छाएको घर छ, त्यही घर पनि वर्षायाममा आएको झरीले चुहिएर बस्न सक्ने आवस्था नभएको बुवा सूर्यबहादुर चौधरीले बताउनुभयो । सुत्केरी भएको समयमा पनि गोठमा बस्न बाध्य छिन् नाम परिवर्तन अनिता चौधरी ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

खरले छाएको सानो झुपडी । दिउँसै अँध्यारो गोठ निहुरिएर भित्र पस्नुपर्ने अवस्थाको छ । गोठमा झ्याल छैन, सानो दुलोजस्तो ढोका छ । सिटाले वरपरबाट बेरेको र चारैतिरबाट नाङ्गो गोठमा सुत्केरी छोरीलाई राख्नु परेको बुवा सूर्यबहादुर चौधरीले दुख सुनाए । गाई भैसिँ बाँध्ने गोठमा सुत्केरी छोरी र एघार दिने नातीनिलाई गोठमा राख्नु परेको दुखेसो सुनाए बुवा सूर्यबहादुर चौधरीले । ठूलो विपद आइपुग्यो हामीमा । सुत्केरी भएकी छोरी र नातीनिलाई राम्रो खुवाउन र बच्चालाई न्यानो कपडा लगाउने क्षमता नभएको चौधरीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

एघार दिन बित्यो न सुत्केरी भएकी छोरी र नातीनीले राम्रो लाउन र पोसिलो खान पाएका छन् । गाउँमा कसैको साथ सहयोग छैन हामीलाई, सबै रमिता मात्र हेर्छन्, बुवा सूर्यबहादुर चौधरीले बताउनुभयो । राजपुर गाउँपालिका वडा नम्बर ४ रोहिनिया गाउँमा एघार दिन पहिलो बच्चा जन्माएकी सुत्केरी नाम परिवर्तन अनिता चौधरी सिटाले बेरेको पशुचौपाय बस्ने गोठमा आश्रय लिदै आईरहेकी छिन् । सुत्केरीले खाने पोसिलो खानेकुराहरु केहि छैन । सुत्केरीसंगै एघार दिन अघि जन्मियको एघार दिने बच्चाको अवस्था पनि दैनिय छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

रकमको अभावले सुत्केरी र बच्चाको अवस्था बारे चेकजाँच गर्नको लागी स्वास्थ्य चौकी सम्म जाने अवस्था नभएको बुवाले भने । साथै चौधरीले सहयोगको लागी अपिल पनि गर्नु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *