प्रचारप्रसारको अभावले ओझेल पर्दै दाङको कटवेरुवा झरना

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

Blog Post Ad Blog Post Ad Blog Post Ad

देउखुरी(राजपुर) ११ साउन | दाङको राजपुर गाउँपालिका वडा नम्बर १ कटवेरुवा शिवसक्ति सामुदायिक वन क्षेत्र स्थित रहेको कटवेरुवा झरना अहिले ओझेलमा पर्दै गएको छ । कटवेरुवा झरना स्थापना काल देखि प्रचारप्रसारको अभावले ओझेलमा पर्न गएको हो । दाङ सहित देउखुरीका विभिन्न स्थानहरुबाट कटवेरुवा झरना स्थित मनोरञ्न र वनभोजको लागि आउने गर्दछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कटवेरुवा झरनासंग रमाउन अनि वनजंगल परिसर भित्र सफारी गर्ने अत्याधिक मात्रामा आन्तरिक पर्यटकहरु आउने स्थानिय शेरसिङ्ग खड्काले बताउनुभयो । यस क्षेत्रमा सबै भन्दा बढि आन्तरिक पर्यटकहरु भित्रीएका छन्, अव हामीले आन्तरिक तथा बाह्रार्य पर्यटकहरु आउने र कटवेरुवा झरनामा रमाउने वातावरण सृजना गर्ने राजपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष विष्णु बुढाले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

देउखुरी सहित समग्र राजपुर गाउँपालिकालाई चिनाउने गरि विकासको कामलाई तिब्रता दिएको वडाध्यक्ष बुढाले बताउनुभयो । गत वर्ष ०७५÷०७६ मा झरनाको वरपर वाल निर्माण र बस्ने प्रतिक्षालय र चारैतिर बाट कम्पाउण्ड ¥यालीङ लगाइएको छ, गत वर्ष कटवेरुवा झरना निर्माणको लागी वडा कार्यालयबाट ९ लाख बजेट विनियोजन गरि काम गरेको वडाध्यक्ष बुढाले बताउनुभयो । कटवेरुवा झरनालाई दाङकै नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको वडाध्यक्ष बुढाले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

झरनाबाट सिचाँई राजपुर गाउँपालिका वडा नम्बर १ कटवेरुवा शिवसक्ति सामुदायिक वनक्षेत्र भित्र रहेको कटवेरुवा झरनाबाट राजपुर गाउँपालिका वडा नम्बर १ अन्र्तगतका ३ वटा दुर्गम गाउँले सिचाँईको गर्दै आएका छन् । कटवेरुवा झरनाको पानीलाई संचय गरि वडा अन्र्तगत रहेका गुरुङ्गखोला, मटेरीया र कटवेरुवा गाउँका स्थानियहरुले सिचाँई गर्दै आएका हुन् ।

जस अन्र्तगत गुरुङ्गखोलामा ३ सय ८०, मटेरीयामा ७० र कटेवेरुवामा ४ सय घरधुरीको संख्याले कटवेरुवा झरनाबाट सिचाई गर्दै आएको हुन् । स्थानियहरुका अनुसार प्रत्येक वर्षमा २ हजार बढि आन्तरिक पर्यटकहरु कटवेरुवा झरना हेर्न आउने गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *