ड्याटसन र निसान गाडीको प्रोफेसनल भेट


दाङ, साउन ११ । गत बैशाखमा विधिबत रुपमा उद्घाटन भएर दाङको घोराहीबाट निसान र ड्याट्सन गाडीहरुको कारोबार गर्दै आएको एन.एल. मोटोकर्पले व्यवसायीक भेटघाट कार्यक्रम गरेको छ । जापानिज कम्पनीको निसान र ड्याट्सनका ९ वटा मोडलका गाडीहरु दाङको बजारमा भित्रिएको एनएल मोटोकर्पका प्रमुख सुर्दशन गिरीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गिरीको अध्यक्षता तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालका लागि आधिकारीक विक्रेता पाईनिएर मोटोकर्पका बरिष्ठ प्रबन्धक प्रशान्त उपाध्यायले गाडीहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले नेपाल सहित १७० देशमा निसान र ड्याट्सनका गाडीहरु सञ्चालनमा रहेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विश्वकैकै छैठौ ठुलो गाडी कम्पनीको रुपमा रहेको यो कम्पनीको गाडीहरु १८ लाख देखि २ करोड ३० लाख सम्मका २० भन्दा बढि गाडीहरु बजारमा रहेको उहाँको भनाई थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषालले पछिल्लो पटक धेरै राम्रा गाडीहरु बजारमा आएको र पुरानो कम्पनी भएकाले पनि यो कम्पनी धेरै राम्रो हुन सक्ने बताउनुभयो । उहाँले मर्मत र सर्भिसिङको लागि पनि राम्रो काम गर्न सुझाव दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कम्पनीका डिलर ईन्चार्ज मनिशराज सिंहको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा पहिलो ग्राहक डा. समीर भण्डारीले समेत गाडी धेरै राम्रो रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण पत्रकार नवीन अभिलाषीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *