सिकलसेलको परिक्षण गर्न ल्याव हस्तान्तरण


दाङ, साउन ११। क्रेयटिभ पोसिविलीटिज नेपाल (सिपी नेपाल) ले देउखुरीको राजपुर गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि सिकलसेल एलिमियाको ल्याव परिक्षणका लागि राजपुुर तथा बेला स्वास्थ्य चौकीलाई २ सेट उपकरण हस्तान्तरण गरेको छ । सिपी नेपालका दिपा चौधरी, मानबहादुर चौधरी र हेमराज शर्माले राजपुुर गाउँपालिकाका उपाध्यक्ष धनपति यादव तथा स्वास्थ्य संयोजक कमलबहादुुर रोकाया लाई २ लाख ५० हजार बराबरका ल्याब परिक्षणका उपकरणहरु प्रदान गरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


कार्यक्रममा बोल्दै उपाध्यक्ष धनपति यादवले सिपी नेपालले दुुर्गम भुगोलमा नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरि सिकलशेल एलिमियाको रगत परिक्षण गर्ने ल्याव हस्तान्तरण गरेकोमा धन्यावाद ज्ञापन व्यक्त गरे ।


बिशेष गरी थारु जाति तथा पछिल्लो चरणमा तराइ क्षेत्रमा बसोवास गर्ने जुुनसुुकै जातीका मानिसहरुलाई यो रोग लाग्ने गरेको परिक्षणको क्रममा पाइएकोले देउखुुरी क्षेत्रका गढवा राजपुुर र राप्ती गाउँपालिकाका केही स्वास्थ्य चौकीहरुलाई ल्याब परिक्षण मसिन उपलब्ध गराउने अभियान अन्तर्गत राजपुुरका दुुई स्वास्थ्य चौकी र गढवाका तीन स्वास्थ्य चौकीलाई उपकरण प्रदान गरिएको सिपी नेपालले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

२०६४ सालदेखी मुक्त कम्लहरीको तथा विपन्न सिमान्तकृत वर्गका वालवालिका एवं किशोरीहरुको शैक्षिक विकासमा काम गर्दै आएको यस संस्थाले स्थानीय सरकारसंग समन्वय र सहकार्य गर्दै पछिल्लो चरणमा स्वास्थ्य र आवासको क्षेत्रमा पनि काम गर्न थालेको कार्यक्रममा जानकारी गराइएको हो ।

देउखुरी क्षेत्रमा हालसम्म ३ हजार ९ सय १४ जनाको सिकलसेल एलिमियाको ल्याव परिक्षण गरिएकोमा ३ सय ७२ जनामा सिकलशेल पोजेटिभ देखा परेको सिपी नेपालका दिपा चौधरीले बताइन । हेमराज शर्माको स्वागत मन्तब्यबाट सुुरु भएको ल्याव उपकरण हस्तान्तरण कार्यक्रमको संचालन सिपी नेपालका मानबहादुुर चौधरीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *