दाङमा डिएपी मल ल्याउन व्यवसायीको असहयोग

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,५ साउन | जिल्लामा मलको चरम अभाव टार्न जिल्ला प्रसासन कार्यालयको पहलमा आयात ४ हजार डिएपी मल आयात हुन थालेको छ । तर व्यवसायीको असहयोगको कारण जिल्लाका किसानले मल पाउन सकेका छैनन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार दाङको लागि अहिले भैरहवामा ४ हजार बोरा मल थन्किएको छ । तर यहाँका व्यवसायीले आफुहरु आदोलित भएको भन्दै मल ढुवानी गर्न नमान्दा दाङका लागि छुट्याईएको मल जिल्ला भित्रिन नसकेको हो । मलको चरम अभावको समयमा व्यवसायीहरुले आन्दोलतको नाममा सामाजिक उत्तरदावित्य भुलेको प्रजिअ रिजालको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिले किसानको भोगिरहेको मल अभावको समस्यालाई व्यवसायी कै कारण समाधान गर्न नसकिएको बताए । यस विषयमा प्रतिक्रिया दिदै उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले किसानको समस्यालाई मध्यनजर गर्दै सहमतिमा ट्रक व्यवसायीले सहयोग गर्नुपर्ने बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला ट्रक व्यवसायी समितीका अध्यक्ष यादव शाहले सरकारले ल्याएको नीति कै कारण आफुहरु मालवाहक ढुवानीको साधन संचालन गर्ने अवस्थामा नरहेको बताए । तर पनि किसानको मलको विषयमा भने आफुहरुले छलफल गरेर सहयोग गर्ने प्रतिक्रिया दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *