दाङ, साउन ५ । ३५ वर्षीया बुहारीलाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार ३० गते राजपुर गाउँपालिका(४ का ६६ वर्षीय ससुरालाई १५ वर्ष ६ महिना कैदको फैसला गरेको छ ।
न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले बलात्कार कसुरमा आठ वर्ष र हाडनाता करणीको कसुरमा थप सात वर्ष ६ महिना कैद गर्ने फैसला गरेको हो ।
उनलाई ५० हजार रुपियाँ जरिवाना र १ लाख ५० हजार रुपियाँ पीडित महिलालाई क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको श्रेस्तेदार धनीप्रसाद चपाईले बताए ।
पीडित महिलालाई आरोपितले ०७५ मङ्सिर १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय गढवामा मङ्सिर १९ गते उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई मङ्सिर १९ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १९ गते लमही अस्पतालमा भएको थियो ।