प्रधानमन्त्रीलाई खुलापत्र

Blog Post Ad Blog Post Ad Blog Post Ad

सम्मानिय प्रधानमन्त्री के.पी शर्मा ज्यु नमस्कार दिर्घायु एवम् स्वास्थ लाभको कामना । सम्मानित प्रधानमन्त्री ज्यु तपाईंको अात्मबलले धेरै पटक तपाईंको स्वास्थ र अन्य धेरै प्रतिकुलतालाई जितेको छ।तपाईंको दिर्घ जिबनको कामना गर्दछु।यो देश जिबनकालमा समृद्धिको मार्गतर्फ अगाडि बढेको हेर्न पाइयोस् ,तपाईंलाई धेरै धेरै शुभकामना !

Blog Post Ad Blog Post Ad Blog Post Ad

राजनीति दर्शन र अास्थाका हिसाबले तपाईंको दलसँग सहमत नहुदा नहुदै पनि तपाईंको ब्यक्तित्व र निष्ठाका कारण तपाईं प्रती म जस्ता धेरै युवाहरुको अाशा छ।जङ्ग ब राणा पछि बनेको तपाईंको नेतृत्वको बलियो सरकारले गर्नुपर्ने धेरै काम छन्। त्यसैले तपाई ब्यक्तिगत तथा दलगत स्वार्थ भन्दा माथी उठी देशलाई बिकाशको मार्गतर्फ अघि बढाउनुहुनेछ भन्ने अपेक्षा छ। म अाफुलाई मानव समाजको प्रगतीसिलता तर्फ झुकाब भएको ठान्छु ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

समाज हिजोभन्दा अाज र अाजभन्दा भोलि झनझन स्वतन्त्र ,उत्पादनशिल र समतामूलक हुनुपर्छ भन्ने मेरो मान्यता छ।म लेफ्ट अफ सेन्टरमा बस्ने उदारबादि मानिस हु।नेपालको ब्यबस्थालाई नजिकबाट नियालिरहेको हुन्छु ।समयसंगै नेपालमा ब्यबस्था फेरिए, नेता फेरिए तर देश फेरिएन,अभाव र बेरोजगारी फेरिएन।बिदेशीनुपर्ने बाध्यता झनझन बढ्दो छ।नेपालीहरु कर्मठ छन् ।सादा जिबनयापन बेथिति गर्छन् ।जे मिल्छ त्यसैमा सन्तोष गर्छन् ।अाम जनजिबनमा सरकार हुनु र नहुनुको खासै अर्थ अहिले देखिएको छैन ।अाज दिनप्रतिदिन भ्रष्टाचार ,बेरोजगारी र महङ्गीको मारमा अाम नागरिक पिल्सिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जनताको करको चरम दुरुपयोग भएको छ।अमेरिका जस्तो देशमा समेत नभएको काम यहा भएको छ।जनप्रतिनिधिहरुलाई तलब दिईएको छ,संासदहरुलाई सुबिधाको नाममा पैसा र अाबास बाडिएको छ।देशको सार्वजनिक र सास्कृतिक महत्त्वका सम्पत्तिहरु सिधा्याउन बिधेक ल्याईएको छ।दिनानुदिन हिंसा ,बलत्कारका घटनाहरु बढ्दो छ।देशमा बाह्य शक्तिको हस्तक्षेप र चलखेल बढ्न थालेका छन् ।पार्टी भित्रका विभिन्न स्वार्थ समुहहरु सकृय भएका छन् ।

यी र यस्ता तमाम समस्याहरुले बर्तमान सरकार घेरिएको छ,अालोचित भएको छ।तर यसको अर्थ यो होइन कि सरकारले केही गरेन !सरकारले धेरै राम्रो काम पनि गरेको छ।सरकार संग नागरिकको अाशा धेरै छन् ,त्यसैले सरकारले जनजिबिकाका समस्याहरुलाई समाधान गर्नतर्फ अघि सरे अालोचनाहरु कम हुने थिए र दिर्घकालिन महत्त्वका काम गर्न सहज हुन सक्थ्यो कि! सरकारले इमानदारिता ,पारदर्शिता र कर्तव्य परायणतालाई अाफ्नो उदेश्य सम्झी देश कसरी समृद्ध बनाउने ,गरिबी कसरी हटाउने भन्ने सन्दर्भमा स्पष्ट योजना तर्जुमा गर्नु पर्दछ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

देशमा उधमशिलतालाई प्रबर्दन, रोजगारी शृजना ,भ्रष्टाचार उल्मुलन ,ब्यबस्थीत शहरीकरण ,शुशासन जस्ता कुराहरुलाई अाम जनजिबनले महसुस गर्ने गरि कार्यन्वयनमा ल्याउन जरुरी छ।नेपाली लोकतन्त्रको सबैभन्दा ठुलो शत्रु नै भ्रष्टाचार भएको छ।गल्ती लोकतन्त्रको होइन ,उसका संवाहकहरुको हो तर गाली उसैले पाईरहेको छ।

त्यसैले अबदेखि स्कुल ,कलेज ,बिश्वबिद्धालय ,गुठी ,अस्पताल ,कर्मचारी संगठन जस्ता धेरै संस्थानहरुलाई दलिए संगठन मुक्त बनाउनु पर्दछ।सबै राजनीति दलहरूले अाफ्ना भातृ संगठनहरुलाई खारेज गर्ने र कार्यकर्ताहरुलाई उत्पादन संग जोड्ने कार्यको थालनी गर्नुपर्दछ।देश हाक्ने जिम्मा पाएकाहरुले अाफु बाहिरको संसारलाई पनि हेर्नु पर्दछ।बिदेशमा भएका लाखौं युवायुवती देशको लागि केही गर्ने भाबनाले अोतपोत छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनिहरुलाई नेपालमा नै स्थापित हुन सहयोग गर्ने,उनिहरुका अधिकार सुरक्षीत गर्ने ,उधोग दर्ताको प्रकृया सहज बनाउन मद्दत गर्ने जस्ता कार्य सरकारले छिटोभन्दा छिटो गर्नुपर्दछ।यसको लागि सरकारले नेपाल फर्कौ महाअभियान सन्चालन गर्ने र उनिहरुको बिद्दता,शृजनशिलता र साधनश्रोतलाई स्वदेमा नै परिचालन गरि उधमशिलताको बिकास गर्नुपर्दछ।

अब परदेशीएका हामी जस्ता युवाले बिदेशमा कमाएको पुजी ,ज्ञान ,शिप र अनुभवलाई प्रयोग गरि स्वदेशमा भएका युवालाई समेत रोजगारी दिने गरि एउटा बृहत्तर सन्जाल बनाउनु पर्दछ र सामुहिक रुपबाट काम थाल्नुपर्दछ। पार्टी भनेको पद्दतीहरुको निर्माण गर्ने एउटा संस्था हो ।पद्धतीले नै शुसासनमा अघि बढ्न सहयोग गर्दछ।

नेता त्यहीँ सफल हुन्छ ,जसले कुर्सी छदै इतिहास रच्न सक्छ ।मेरो अाशा र शुभकामना छ ।प्रधानमन्त्रीले समयमा नै इतिहास रच्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *