कर्णाली नदिमा खसेको जीप र यात्रु अझै वेपत्ता


दाङ, ५ असार ।
गत मंगलबार हुम्लाको कर्णाली नदीमा दुर्घटना भएको जिप अझैँ फेला नपरेको प्रहरीले जनाएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका ५ को बेडुबिसौनामा जिप दुर्घटनामा भई कर्णाली नदिमा खसेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लु १ ज ७१६६ नम्बरको जीपलाई कुरिनटारबाट उद्धारको लागि पुगेको गोताखोरको टोलीले समेत मेट्न नसकेको प्रहरीले जनाएको छ । गएको मंगलबार मध्यान्न साढे १२ बजे दुर्घटना भई कर्णालीमा बेपत्ता भएको जीपको खोजि कार्यका लागि बुधबार गृहमन्त्रालयको पहलमा कुरिनटारबाट १० सदस्यीय गोताखोरको टोली घटना स्थलमा पुगरेको थियो ।

शसस्त्र प्रहरी वल विपत व्यवस्थापन शिक्षालय कुरिनटारका प्रहरी निरिक्षक लक्ष्मण बहादुर बस्नेतको नेतृत्वमा दश जनाको गोताखोर टोलीले बुधबार अपरान्ह साढे १ बजेदेखि खोजी सुरु गरेको भएपनि जिप अझै नभेटिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

काठमाडौंबाटसुर्खेत हुँदै नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट घटनास्थल पुगेको गोताखोर टोलीले धेरै पटक प्रयास गर्दापनि नदीमा बेपत्ता जीप र यात्रु नभेटिएपछि जिल्लावसीलाई थप निराश बनेका छन् । गोताखोर टोलीले समेत जिप नभेटेपछि गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही लगायत ११ जना बेपत्ता यात्रु भेटाउने जिल्लावासीको आशा निराशामा परिणत भएको खार्पुनथा ५ का वडाअध्यक्ष समेत रहेका खार्पुनथाका प्रवक्त भिमराज शाहीले जानकारी दिनुुभयो । कर्णाली नदीको पानीको बहाव निकै बढेका कारण बेपत्ता जीप र यात्रुको खोजि कार्य सफल हुन नसकेको गोताखोर टोलीले जनाएको छ । खोजीकार्यलाई निरन्तरता भने दिईरहने गोताखोर टोलीका प्रमूख सशस्त्र प्रहरी निरिक्षक लक्ष्मणबहादुर बस्नेतले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *