गर्मि बढ्यो तराईमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, ५ असार ।
गर्मी बढेसँगै दाङ लगायत तराईको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण दिउँसोको समयमा पैदल हिड्डुल गर्नसमेत समस्या पर्न थालेको छ । असार साउनमा रोपाइ गर्नको लागि राखेका धानका ब्याड सुक्न थालेका छन् ।

किसानहरूले गाग्रीमा धाराको पानी ओसार्दै बीउ जोगाउने कोसिस गर्दै आएका छन् । दाङ शान्तिनगर—१ पेदीखोलाका स्थानीय प्रेमबहादुर पुनले विहान, बेलुका घरबाटै ओसारेर बीउमा पानी हाल्ने गरेको बताउनुहुन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

किसानले हरेक वर्ष हिले धानको ब्याड राख्दै आएका थिए । तर यसपाली भने पानी कै समस्याले सबै किसानले धुले ब्याड राखेका छन् । अर्का किसान रिमबहादुर विश्वकर्मा पनि पानी नपर्दा धानको बीउ कसरी जोगाउने भन्ने चिन्तामा परेको बताउनुहुन्छ ।

पानी नपर्दा र गर्मी बढ्दा अन्नबालीको उत्पादनमा कमी आउने चिन्तामा किसानहरू छन् । अत्यधिक गर्मीका कारण बजारमा नागरिकको चहलपहल कम भएको छ भने स्वास्थ्य संस्थाहरूमा बिरामीको संख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *