आवेदन आह्वानविनै ८ जना कर्मचारी भर्ना


तुलसीपुर, ५ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले आवेदन बिनै ८ जना रोजगार सुपरभाईजर नियुक्त गरेको खुलासा भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्र्गत तुलसीपुरमा शुरु भएको स्वरोजगार कार्यक्रमको अनुगमनका लागि ८ जना सुपरभाईजर नियुक्त गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपमहानगरपालिकाका रोजगार संयोजक भागवत घिमिरेका अनुसार उपमहानगरपालिकाको स्थानीय निर्देशक समितिले गएको जेठ ३० उनीहरुलाई करारमा नियुक्त गरिएको हो । उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेको संयोजक रहेको समितिले बजार क्षेत्र हेर्ने गरि पोषणराज गौतम र गोमा कालाथोकीलाई नियुक्त गरेको छ ।

त्यस्तै वडा नं. १ र ३ हेर्ने गरि शिवराज शर्मा, वडा नं. २ र ८ हेर्ने गरि घनश्याम भण्डारी, वडा नं. ४ र ७ हेर्ने गरि दिलबहादुर गुरुङ, वडा नं. १४ र १८ हेर्ने गरि निरज चौधरी, वडा नं. १३ हेर्ने गरि परित अधिकारी, वडा नं. १२ हेर्नेगरि सरस्वति भुषाललाई नियुक्त गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनीहरुको पदाबधी एक महिनाको रहने छ । मासिक १२ हजार तलब खानेगरि उनीहरुलाई नियुक्त गरिएको संयोजक घिमिरेको भनाई छ । उहाका अनुसार एसएलसी पास, रोजगारी फाराम भरेको, कम्प्युटर ज्ञान भएको तथा ओभेरसियर पढेको हुनुपर्ने बताउनु भयो ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *