बंगलाचुली गाउँपालिकाद्धारा नीति तथा कार्यक्रम सार्बजनिक

Blog Post Ad Blog Post Ad Blog Post Ad

कमिरेचौर, असार ३ । दाङको बंगलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷०७७ को लागि नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । मंगलबार बंगलाचुली गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीले गाउँपालिकाको समग्र विषयवस्तु समेटीएको निती तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

बंगलाचुली गाउँपालिकाले यष वर्ष आय आर्जन मुखी कार्यक्रमलाई प्राथमीकता दिएको छ । गाउँपालिकाले कृषि उत्पादनमा वृद्धि गरी जमिनको खण्डीकरण रोक्न सामुहिक खेति प्रणालीको अवधारणा अन्तर्गत प्राविधिक कृषि विषय पढेका वा पढ्दै गरेका विद्यार्थीलाई उत्पादनमा जोड्न बिग्रेड गठन गरी उत्पादन बिग्रेड मार्फत अध्यक्ष कृषि रोजगार कार्यक्रम अगाडी बढाउने भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरी जनताको आयस्तर नवढेसम्म विकासको वास्तविक प्रतिफल जनस्तरसम्म पुग्न नसक्ने यथार्थतालाई मध्यनजर गर्दै “ वस्तुको निकासि, समृद्ध वंगलाचुली वासी ” भन्ने मुल नाराकासाथ विभिन्न आयआर्जनका कार्यक्रमहरु संचालन गर्ने ,एक गाउँ एक उत्पादन कार्यक्रम लागु गरी कृषकहरुलाई व्यवसायिक वन्न उत्प्रेरित गरिने,कृषि व्यवसाय गर्न चाहने व्यवसायीका लागि प्रोत्साहनको नीति अवलम्वन गर्ने जस्ता कार्यक्रमलाई गाउँपालिकाले निति तथा कार्यक्रम बाट पारीत गराएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैगरी बंगलाचुली गाउँपालिकाले भौतिक पूवार्धारको विकासलाई पनि प्राथमीकता दिएको छ । बंगलाचुली गाउँपालिकाले गाउँपालिका, वडा, स्वास्थ्य संस्था तथा विद्यालयहरुको न्यूनतम पूर्वाधार निर्माण कार्यलाई अगाडी बढाइने, गाउँपालिकामा निर्माण भएका कच्चि सडकहरुको स्तरोन्नती गरी बाह्रै महिना चल्न सक्नेगरी सुचारु गर्न दीगो मर्मत सम्भारको व्यवस्था गरिने,स्थानीय सरकार तथा अन्तर्गत कार्यालयलाई भौतिक पूर्वाधारयुक्त तुल्याउन प्राथमिकता दिइने,खानेपानीका मुहानहरु संरक्षण गर्ने कार्यलाई निरन्तरता दिदै लिफ्ट खानेपानी आयोजना तथा अन्य नविनतम प्रविधि मार्फत संघिय र प्रदेश सरकारको सहयोग लिई आगामी दुई वर्ष भित्र आधारभुत खानेपानीको परिपुर्ति गरिने जस्ता कार्यक्रमलाई निती तथा कार्यक्रममा समावेस गरीएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरी सुरक्षित मातृत्त्व, वाल स्वास्थ्य तथा संस्थागत प्रसुति सेवालाई संवद्र्धन गर्नका लागि सबै स्वास्थ्य संस्थाहरुमा व्यवस्थित वर्थिङ्ग सेन्टर सहित उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम संचालन गरीने भएको छ ।

गाउँपालिकाले शिक्षा, युवा तथा खेलकुद, महिला, वालवालिका तथा लक्षित वर्ग, सेवा प्रवाह, सुशासन र संस्थागत विकास,वन, वातावरण तथा प्रकोप व्यवस्थापन,कृषि वन व्यवस्थापन,जस्ता कार्यक्रमलाई नितितथाकार्यक्रममा पास गरेको छ । बंगलाचुली गाउँपालिकाले ‘योजनाबद्ध, सफा, सुन्दर र हरियाली, पूर्वाधारयुक्त सुखी र समृद्ध बंगलाचुली’ भन्ने नारालाई अवलम्वन गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना थापामगरले निति तथा कार्यक्रम पेस गर्ने प्रस्ताव पछि सभामा अध्यक्ष ओलीले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सभाको सहजीकरण बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *